रणवीर-आलियाकाे ‘रकी और रानी की प्रेम कहानी’ले रिलिज अगावै कमायाे १६० करोड

आलिया भट्ट र रणवीर सिंह स्टारर फिल्म ‘रकी और रानी की प्रेम कहानी’ जुलाई २८ मा हलमा रिलिज हुँदैछ । फिल्मले रिलिज अगावै बजेटको ९० प्रतिशत रिकभर गरिसकेको छ ।
भारतीय सञ्चामाध्यमका अनुसार १६० करोड भारूको बजेटमा बनेको यो फिल्मको प्रिन्ट र पब्लिसिटीमा १८ करोड रुपैयाँ खर्च भएको छ । यसरी फिल्मको कुल लागत १७८ करोड भारु पुगेकाे छ ।
फिल्मले अहिलेसम्म डिजिटल राइट्सबाट ८० करोड र स्याटेलाइट राइट्सबाट ५० करोड कमाएको छ । यसबाहेक निर्माताले यसको संगीत अधिकार ३० करोडमा बेचेका छन् । यी सबै सहित अहिलेसम्म फिल्मले लागतकाे १६० करोड रुपैयाँ असुली गरिसकेको छ । यसरी हेर्दा ‘रकी और रानी की प्रेम कहानी’ बक्स अफिसमा सुरक्षित अवस्थामा छ ।
यस फिल्मका ‘तुम के मिले’, ‘झुम्का’ र ‘वे कमलिया’का तीनवटा गीत निर्माताले सार्वजनिक गरिसकेका छन् । सोमबार निर्माण पक्षले यसको चौथो गीत ‘धिण्डोरा बाजे रे’ रिलिज गर्दैछ । दुर्गा पूजाको पृष्ठभूमिमा गीतलाई रणवीर र आलियामा खिचिएको छ ।


















भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
यस्तो छ आज तरकारीको थोक मूल्य
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया