सोमबार, जेठ २६, २०८२

सय किलो सुन बरामद काण्ड

त्रिभुवन विमानस्थल भन्सार प्रमुख पोखरेललाई तानेर किताबखानाका महानिर्देशक पाण्डे पठाइयो

मेरोन्यूज २०८० साउन ९ गते १५:२४

काठमाडौँ । करिव १०० किलो सुन बाहिरिएपछि चर्चामा रहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित भन्सार प्रमुखको सरुवा भएको छ ।

त्यहाँ गत बिहीबारमात्रै अर्थ मन्त्रालयमा सरुवा भएकामा निजामती राष्ट्रिय किताबखानाका महानिर्देशक टोकराज पाण्डेलाई सरुवा गरिएको छ ।

गत गत असार १७ गतेदेखि बिरामी बिदामा रहेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार प्रमुख अरुण पोखरेललाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ।

अर्थमन्त्री डा. प्रकाश शरण महतले त्रिभुवन विमानस्थल भन्सार प्रमुखमा पाण्डेको सरुवा गर्दै पोखरेललाई मन्त्रालयमा तानेका उनको सचिवालयले जनाएको छ ।

सुन भित्रिँदा बिदामा थिए विमानस्थल भन्सार र प्रहरी प्रमुख
बिदामा रहेर हाल स्वास्थ्योपचारका क्रममा रहेका पोखरेललाई मन्त्रालयमा तानिएको हो ।

Advertisement
machhapuchare

मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँच पास भइसकेर १०० केजी सुन भित्रिँएको थियो ।

पोखरेल दुई महिने बिदामा हुँदा उनको स्थानमा अन्यलाई जिम्मेवारी दिइएको थिएन । निमित्तका रुपमा नारद गौतमले विमानस्थल भन्सारको नेतृत्व गरिरहहेका थिए।

सुन तस्करी प्रकरणपछि बदनाम त्रिभुवन विमानस्थल भन्सारमा अर्थले पाण्डेलाई पठाउने निर्णय गरेको हो।

पोखरेलले असार १७ गतेदेखि बिदा लिएर भदौ १७ गते सम्मलाई स्वीकृत गराएका थिए।

प्रतिक्रिया