रोजगारीका लागि भिजिट भिसामा थाइल्याण्ड र म्यानमार नजान परराष्ट्रको आग्रह (सूचनासहित)

काठमाडौं । परराष्ट्र मन्त्रालयले विदेशमा रोजगारी गर्न जाँदा पर्यटक वा भिजिट भिसामा नजान आग्रह गरेको छ । थाइल्याण्ड र म्यानमारमा सूचना प्रविधिक क्षेत्रमा आकर्षक रोजगारीका लागि भन्दै गएका नेपाली बन्धक बनेको भन्दै श्रम स्वीकृतिबिना त्यहाँ नजान परराष्ट्र मन्त्रालयले आग्रह गरेको हो ।
मन्त्रालयले ट्राभल एड्भाइजरी जारी गर्दै रोजगारीका लागि विदेश जानुअघि सरकारका सम्बन्धित कार्यालय र विदेशस्थित नियोगमा सम्पर्क गरेर रोजगारदाता कम्पनीबारे बझ्न आग्रह गरेको छ ।
‘आफैंले समेत सम्बन्धित कम्पनी, रोजगारदाताबारे वेवसाइट, टेलिफोन र इलमेलमार्फत जाँच गर्नुहुन अनुरोध गरिन्छ’, परराष्ट्र मन्त्रालयले भनेको छ ।
सामाजिक सञ्जालमा आउने नक्कली विज्ञापनका झुठा आश्वसनमा नपर्न नेपाली नागरिकहरुलाई परराष्ट्रले अनुरोध गरेको छ ।
विदेशमा रोजगारी गर्न जाँदा पर्यटक र भिजिट भिसामा नगई प्रचलित नेपाल कानून बमोजिम श्रम स्वीकृति लिएर मात्र जान मन्त्रालयले अनुरोध गरेको छ ।
















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया