प्रधानन्यायाधीशलाई स्वचालित प्रणालीमार्फत पेशी तोक्न बारको आग्रह
मेरोन्यूज
२०८० साउन १४ गते १७:०३

काठमाडौं । नेपाल बार एशोसिएसनले पूर्ण स्वतालित प्रणालीमार्फत पेशी तोक्न प्रधानन्यायाधीशलाई आग्रह गरेको छ । बारकी महासचिव अञ्जिता खनालले आज प्रेस विज्ञप्ति जारी गर्दै आफ्नै नेतृत्वमा बनेको समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई ध्यानाकर्षण गराएकी हुन् ।
कार्की न्यायाधीश रहँदा बनेको समितिले न्यायापालिकामा हुनसक्ने विकृति, अनियमितता र भ्रष्टचार तथा त्यसको रोकथामका लागि चाल्नुपर्ने उपायबारे सुझाव दिएको थियो ।
सर्वोच्चको पूर्ण बैठकले स्वामित्व लिएर प्रतिवेदन कार्यान्वयनको प्रक्रिया थाल्नुपर्ने बारको माग छ । खनालले विज्ञप्तिमा प्रधानन्यायाधीश र न्यायाधीश नियुक्तिका लागि समेत ध्यानाकर्षण गराएकी छन् ।

सम्बन्धित
प्रतिक्रिया