रिलायबल नेपाल लाइफको आइपीओ बाँडफाँड, कसले कति पाए सेयर ?

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले पहिलो चरणको आइपीओ बाँडफाँड सम्पन्न गरेको छ । कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आइपीओ बाँडफाँड गरेको हो । बिक्री प्रबन्धक सिभिल क्यापिटलले आज उक्त आइपी बाँडफाँड गरेको हो ।
क्यापिटलका अनुसार आइपीओमा कुल २७ हजार १ सय ४८ जनाको आवेदन परेको थियो । जसमध्ये २७ हजार १ सय ४४ जनाको मात्र आवेदन भेरिफई भएको क्यापिटलले जनाएको छ । आवेदन दिएका सबैले शेयर पाएको क्यापिटलले जनाएको छ ।
बाँडफाँड मोडल अनुसार ५० कित्तासम्मको लागि आवेदन दिने १० हजार ९ सय ९९ जनले माग गरे बमोजिम कै शेयर पाएका छन् । ६० कित्ता देखि ५४ सय कितातसम्मको लागि आवेदन दिने १६ हजार १ सय ४५ जनाले पनि ५० कित्ता कै दरले शेयर पाएका छन् । त्यस्तै ६० देखि ५४ सय कित्तासम्मको लागि आवेदन दिने मध्ये बाट गोलाप्रथा गरेर ८ हजार ४ सय २९ जनाले थप १० कित्ताको दरले शेयर पाएका छन् । यस हिसाबमा लगानीकर्ताले अधिकतम ६० कित्ता शेयर पाएका छन् ।
कम्पनीले असार २७ देखि साउन १० गतेसम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १२ लाख कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँ १५७ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २५७ रुपैयाँमा शेयर निष्काशन गरेको हो ।
अब कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई ९६ लाख कित्ता शेयर निष्काशन गर्ने भएकाे छ ।
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया