महांकालमा मन्दिरमा ट्यांकर ठोक्कियो, चालक गम्भीर
मेरोन्यूज
२०८० साउन १५ गते ११:२५

काठमाडौं । काठमाडौंको महांकाल मन्दिरको भित्तामा पानी ट्यांकर ठोक्किंदा चालक गम्भीर घाइते भएका छन् ।
त्रिपुरेश्वरबाट भोटाहिटीतर्फ जाँदै गरेको ना २ क ४० नम्बरको ट्यांकर आज बिहान करिब सवा दुई बजेतिर मन्दिरको भित्तामा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा ट्यांकर चालक काठमाडौंको बसुन्धरा बस्ने ओखलढुंगाका ५९ वर्षीय चेतबहादुर खत्री गम्भीर घाइते भएका छन् ।
चालक सिटमै च्यापिएका उनलाई प्रहरीले उद्धार गरेर नजिकैको ट्रमा सेन्टरमा पुर्याएको थियो । उनको सोही अस्पतालमा उपचार जारी छ ।
१२ हजार लिटर क्षमताको ठूलो ट्यांकरको ठक्करबाट महांकाल मन्दिरको भित्तामा पनि क्षति पुगेको प्रहरीले जनाएको छ ।
सम्बन्धित










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया