पैसाको अभावमा उपचार नपाएर कसैले ज्यान गुमाउनु पर्दैन : स्वास्थ्यमन्त्री

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पैसाको अभावमा उपचार नपाएर कुनै पनि नेपालीले ज्यान गुमाउनु पर्ने अवस्था हुनु नहुने बताएका छन् । दोस्रो आधारभूत जीवन रक्षा दिवसको अवसरमा धुलिखेल अस्पतालले सोमबार आयोजना गरेको कार्यक्रममा स्वास्थ्य मन्त्री बस्नेतले पैसा नभएका कारण उपचार नपाएर कुनै पनि नेपालीले ज्यान गुमाउनु पर्ने अवस्था नभएको बताएका हुन ।
मन्त्री बस्नेतले भने, ‘स्वास्थ्य मन्त्रीका हैसियतले त्यसको ग्यारेन्टी मैले लिन्छु ।’
बस्नेतले आफूले स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालेपछि देश भरिका १६ वटै संघीय अस्पतालहरूका ३ हजार ५ सय २३ शैया विपन्नका लागि निःशुल्क गरेको बताउँदै सम्पूर्ण निजी अस्पतालहरूले १० प्रतिशत शैया विपन्नका लागि निःशुल्क गर्ने कानुनी प्रावधानलाई कडाइका साथ लागु गराएकोले विरामीको उपचारमा धेरै हदसम्म सहज भएको दाबी गरे ।
दुई वर्षभित्र सबै नेपालीलाई निशुल्क रुपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने र पाँच वर्ष भित्र हरेक प्रकारका स्वास्थ्य सेवा प्रदान गर्न सक्ने आधारस्तम्भ तयार पार्न आफू लागेको बताउदै स्वास्थ्यमा कुरा भन्दा काम गर्दै अगाडि बढेको जानकारी दिए ।
सानोतिनो रोगको उपचारका लागि भिआईपी र भिभिआईपीहरु विदेश जाने र करोडौं राज्यकोषको खर्च हुने गरेको जन गुनासो प्रति इंगित गर्दै बस्नेतले भिआईपी र भिभिआईपीका लागि पनि वीर अस्पताल पाँच शैयाको कक्ष निर्माण गरेर १५ जना विशेषज्ञ चिकित्सकको टिम बनाइदिएको बताए ।
वीर अस्पतालमा बिहान ८ बजेदेखि ओपिडी सेवा सुरु गरेपछि उपचारका लागि वीर जाने बिरामीको संख्या ४० प्रतिशतले बढेको पाइएको बस्नेतको दावी छ । मन्त्रीका रुपमा पाएको स्मरण गर्दे आत्मादेखि नै जनताको पक्षमा गरेका कामले सधै सफलता पाइने बताए ।
















‘पिएसपिपी’बाट देशको आर्थिक उन्नयनमा योगदान पुग्छ:चन्द्रप्रसाद ढकाल
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा प्रदर्शन
मदिरा पिएर सडकमा निस्किएका ९ चालक कारबाहीमा
इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
प्रतिक्रिया