साइकल यात्री साह कुट्ने भेटवाल १ लाख धरौटीमा छुटे

विराटनगर । साइकल यात्रीलाई कुटपिट गर्ने विराटनगरका विराटनगर ४ का आयुष भेटवाल १ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।
विराटनगर महानगरपालिका–४ दूध फारम चोकमा साइकल यात्रीमाथि कुटपिट गर्ने भेटवाललाई सोमबार न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासले एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।
आइतबार भेटवालविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको थियो । सोमबार थुनछेक बहसपछि १ लाख धरौटीमा छाड्ने आदेश भएको हो ।
अदालतको आदेशपछि धरौटी बुझाएर भेटवाल छुटेका छन् ।
साइकलमा घर फर्किरहेका बेला विराटनगर–६ का २७ वर्षीय पवनकुमार साह हलुवाईमाथि भेटुवालले गत असार २० गते राति ८ बजे दूध फारम चोकमा मुक्का प्रहार गरेका थिए ।
गलत दिशाबाट साइकल कुदाएको भन्दै बा १५ च ३४४५ नम्बरको कारमा सवार भेटवालले कारबाट ओर्लिएर साइकलमा हिँड्दै गरेका साहमाथि मुक्का प्रहार गरेका थिए ।
साहको खुट्टामा समातेर घिसार्दै भेटवालले सडक किनारमा छाडेका थिए । सडक किनारमा बेहोस भएका साहलाई प्रहरीले उद्धार गरी कोशी अस्पताल पुर्याएको थियो ।
आयुष असार २१ गते पक्राउ परेका थिए । आयुषका १७ वर्षीय भाइविरुद्ध भने ज्यान मार्ने उद्योग मुद्दाको मतियारका रूपमा मुद्दा दर्ता भएको थियो ।
















सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ
लुम्बिनी प्रदेशसभा बैठकः दलित अधिकारसम्बन्धी विधेयक पारित
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा अध्यक्षसहित तीन जना नियुक्त
अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
प्रतिक्रिया