सोमबार, फागुन २५, २०८२

भारतमा पुलको ग्रिडर लन्चिङ मेसिन खस्दा १६ मजदुरकाे मृत्यु (भिडियाे)

काठमाडाैं । भारतको महाराष्ट्रस्थित ठाणेको समृद्धि एक्सप्रेस राजमार्गमा मंगलबार बिहान पुलको ग्रिडर लन्चिङ मेसिन खसेर दुर्घटना भएको छ।

Advertisement
nepal life insurencenepal life insurence

राजमार्गको शाहपुर नजिक सरलम्बेमा पुल निर्माणको क्रममा ग्रिडर लञ्चिङ मेसिन खस्दा १६ मजदुरको मृत्यु भएको हाे । घटनामा तीनजना घाइते भएका छन् ।

दैनिक भाष्करका अनुसार गर्डर मेसिन १०० फिटको उचाइबाट खसेको थियो ।

मजदुरको उद्धार कार्य जारी छ। गर्डर मेसिनको तौल धेरै भएकाले छिट्टै हटाउन सकिरहेको छैन । क्रेन आएपछि मात्रै उद्धार कार्यले गति लिने बताइएकाे छ ।

प्रतिक्रिया