सरकारद्वारा संघीय शिक्षा ऐन संसद्मा पेश गर्न स्वीकृति प्रदान
लम्पी स्किन रोगबाट पशु चौपाया गुमाउने किसानलाई राहत दिने

काठमाडौँ । सरकारले संघीय शिक्षा ऐन संसद्मा पेश गर्न स्वीकृति प्रदान गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले संघीय शिक्षा ऐन संसद्मा पेश गर्न स्वीकृति प्रदान सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
त्यस्तै मन्त्रिपरिषद् बैठकले दिगो भूव्यवस्थापनमार्फत लखनदेही नदी बेसिनका जलाधकारहरुको पुनरुत्थान र जीविकोपार्जनमा सुधार परियोजनाका लागि विश्व वातावरण सुविधाबाट प्राप्त हुने १५,५५,५०५ अमेरिकी डलर करिब (२० करोड २२ लाख रुपैयाँ) बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताइन् ।
बैठकले मन्त्रिपरिषद् विधेयक समितिबाट पेश भएको विज्ञापन (नियमन गर्ने) (पहिलो संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने र मन्त्रिपरिषद् विधेयक समितिबाट पेश भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ ।
लम्पी स्किन रोगबाट पशु चौपाया गुमाउने किसानलाई राहत दिने, कृषि मन्त्रालयले प्रस्ताव गरेर मन्त्रिपरिषदमा पेश गर्ने र त्यस अनुसार निर्णय गर्ने निर्णय पनि बैठकले गरेको छ । ।

















बाघ गणनामा प्रयोग गरिएका ६० क्यामेरा हराए
नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउन अध्यक्ष ढकालको जोड
विश्वकपमा आजदेखि सुपर–८ का खेल हुँदै, न्युजिल्याण्ड र पाकिस्तान भिड्ने
आहा रारा पोखरा गोल्डकपको उपाधिका लागि आज जावलाखेल र सहारा भिड्दै
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
धनगढी पुगेर बालेनले भने – भोट होइन, काम माग्न आएका हाैं
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
प्रतिक्रिया