विद्यालयकाे भ्रष्टाचार राेक्न माग गर्दै लक्ष्मण पुगे मन्त्रालय

काठमाडौं । जुम्लाकाे सिंजा गाउँपालिका वडा नं-२ रनुखानास्थित रोपनी आधारभूत विद्यालयको पुनर्निर्माणको माग गर्दै एक विद्यार्थीले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा निवेदन बुझाएका छन् ।
बाढी-पहिरोका कारण विद्यालय भवन चुहिनाले विद्यार्थीले भाेग्दै आएकाे समस्या समाधान गर्न माग गर्दै सोहि विद्यालयमा अध्ययन गरेका १७ वर्षिय लक्ष्मण शर्माले बुधबार मन्त्रालय पुगेर निवेदन बुझाएका हुन् । उनले विद्यालयका लागि छुट्याइएकाे बजेटमा हुने गरेकाे अनियमितता र भ्रष्टाचार रोक्न पनि माग गरेका छन् ।
शिक्षामन्त्री अशाेक राईलाई भेटेर उनले उक्त निवेदन बुझाएका थिए ।
शर्माका अनुसार मन्त्री राईले निवेदन बुझा्दै आफुले विद्यालयकाे सुधार गर्न र यहाँकाे अनियमितता राेक्न आवश्यक पहल गर्ने प्रतिबद्भता जनाएका थिए । उनले केन्द्र सरकारबाट सामुदायिक विद्यालयका लागि आवश्यक बजेट जाने गरेकाे बताउँदै यदि बजेट हिनामिना भएकाे भए पनि छानविन हुने बताएका थिए ।
वर्षायाममा विद्यालय भवन चुहिँने, पहिराे जाने लगायतका समस्या हुनाले पठनपाठन अवरुद्ध हुने गरेकाे शर्माले बताए । आफुहरुले पटक-पटक ध्यानाकर्षण गराउँदा पनि स्थानीय जनप्रतिनिधिले बेवास्ता गर्दै आएकाे उनकाे भनाइ छ ।
उनका अनुसार जनप्रतिनिधिहरु विद्यालय अनुगमनमा जाने तर समस्या समाधानमा आलटाल गर्दै आएका थिए । साेही कारण आफु शिक्षा मन्त्रालय नै पुगेर ध्यानाकर्षण गराउनु परेकाे शर्माले बताए ।
















कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
क्यानडाविरुद्ध नेपालको सानदार जित
काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया