प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता
मेरोन्यूज
२०८० साउन १८ गते १०:१२

काठमाडौं। नेपालका लागि अमेरिकी राजदूत डीन थम्पसनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन्। राजदूत थम्पसनले बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन्।
राजदूत थम्सनले प्रचण्डसँग संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाने/नजानेबारे चासो राखेका थिए। परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको तयारी गरिरहेको छ। सेप्टेम्बरमा चीन जाने गरी भ्रमणको गृहकार्य भएपनि हालसम्म मिति तय हुन भने बाँकी रहेको छ।
चीनले यसअघि चैत १४–१७ मा हेनान प्रान्तमा भएको ‘बोआओ फोरम फर एसिया’मा सहभागी हुन निमन्त्रणा गरेपनि अन्तिम समयमा प्रधानमन्त्री प्रचण्डले भ्रमण रद्द गरेका थिए। त्यसपश्चात उनी भारत भ्रमणमा गएका थिए।
सम्बन्धित
















कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
वातावरण प्रदूषण गर्ने १२ सवारीसाधन नियन्त्रणमा
महिला टी–२० च्यालेन्ज ट्रफी : नेपालसँग रुवान्डा पराजित
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
प्रतिक्रिया