उत्तराखण्ड पहिरोमा बेपत्ता १३ नेपालीको खोजीमा समन्वय गर्न परराष्ट्रलाई गृहको पत्र

काठमाडौँ । गृह मन्त्रालयले भारतको उत्तराखण्ड राज्यमा गएको पहिरोमा परी बेपत्ता भएका नेपालीको खोजी तथा उद्धारका लागि आवश्यक समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । गृहले केदारनाथ यात्रा मार्गको गौरीकुण्ड डाटपुलिया नजिक गएको बाढी पहिरोमा परी नेपाली नागरिक बेपत्ता भएको भन्दै समन्वयका लागि पत्राचार गरेको हो ।
‘भारतको हिमवाणी अनलाइन खबरमा केदारनाथ यात्रा मार्ग गौरीकुण्ड डाटपुलिया नजिक भएको बाढी पहिरोमा परी नेपालीहरूसमेत बेपत्ता भएको भन्ने समाचार प्रकाशित भएकाले निजको खोज तथा उद्धारको सम्बन्धमा भारत सरकारसँग आवश्यक समन्वय हुन आदेशअनुसार अनुरोध छ,’ गृहले लेखेको पत्रमा उल्लेख छ ।
भारतीय सञ्चारमाध्यमले पहिरोमा परेका ४ जनाको शव बरामद भएको र बाँकी १५ जना बेपत्ता रहेको जनाएको छ । बेपत्ता रहेकामा १३ जना नेपाली नागरिक, तीन जना स्थानीय र बाँकी भारतको अन्य राज्यका मानिस भएको अनालाइनले जनाएको छ ।
पहिरोले नेपाली बसेको होटल नै बगाउँदा बेपत्ता भएका हुन् । बेपत्ता हुनेहरूमा जुम्ला पातारासी गाउँपालिकाका धेरै छन् । गौरीकुण्डमा रहेका तीनवटा होटल पहिरोले बगाएको थियो ।
ु









२०८२ साल मंसिर २८ गते आइतबारको राशिफल
आजका लागि विदेशी मुद्राको विनिमयदर यस्ताे
दाङकाे एक होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म भएका उतार-चढाप
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
प्रतिक्रिया