ग्ल्याम नेपाल इन्टरनेसनलको अडिसन काठमाडौँमा सम्पन्न

काठमाडौँ । ग्ल्याम नेपाल इन्टरनेसनलको अडिसन काठमाडौँमा सम्पन्न भएको छ । प्रारम्भ प्रडक्सनको आयोजनामा काठमाडौँको कर्मा बारमा आयोजित ग्ल्याम नेपाल इन्टरनेसनलको अडिसन सम्पन्न भएको हो ।
अडिसनमा १०० जना मोडलहरूले अडिसन दिएको आयोजक प्रारम्भ प्रडक्सनले जनाएको ।
ग्ल्याम नेपालका राष्ट्रिय निर्देशक पवन आचार्यले पूर्वदेखि पश्चिमसम्म नेपालको संस्कृति परम्परा र रितिरिवाजलाई विश्वव्यापी रूपमा फैलाउने उद्देश्यले ग्ल्याम नेपाल इन्टरनेसनल आयोजना गरिएको बताए ।
आचार्यले नेपाललाई फ्यासन डिजाइनका माध्यमबाट विश्वव्यापि रूपमा प्रवद्धन गर्नसमेत यस शोले मद्दत पुग्ने बताए ।
कार्यक्रममा पाँच जना डिजाइनर सहित उत्कृष्ट तीन जना मोडलहरूले नेपालको तर्फबाट अष्ट्रेलियामा हुने कार्यक्रममा प्रस्तुति दिनेछन् भने, काठमाडौँमा हुने फिनालेमा १५ जना डिजाइनर सँगसँगै २४ जनाले सहभागीता जनाउने छन् ।
अडिसनको जजका रूपमा डिजाइनर मनिस राई, कोरियोग्राफर तथा मोडल सविता कार्की तथा समाजसेवी राहुल केसी रहेका थिए ।


















लेबनान र इजरायलबिच १० दिने युद्धविराम
आज केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी
बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ
आज मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
नयाँ वर्षको शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने- सदैव शुभ होस्, दुःखको हरण होस्
प्रतिक्रिया