‘त्रिशूली कोलनी–काठमाडौँ मैत्री समाज’ गठन

काठमाडौँ । पृथ्वीनारायण शाहले राज्य एकीकरणका सिलसिलामा सैन्य तालिमलगायत गृहकार्य गरेको नुवाकोट, विदुर नगरपालिकास्थित ऐतिहासिक बाघबगैँचा आसपासका युवा तथा बुद्धिजीवी एवं व्यवसायीको बृहत् भेलाले ‘त्रिशूली कोलनी–काठमाडौँ मैत्री समाज’ गठन गरेको छ ।
युवा समाजसेवी अच्युतराज गौतमका अध्यक्षतामा गठित समाजका लागि विदुर- ८ र ९ का बासिन्दा भई हाल काठमाडौँ उपत्यकामा कामकाज गरिरहेका समाजसेवीसमेत समेटेर १३ सदस्यीय तदर्थ कार्यसमिति चयन गरिएको छ ।
समाजका वरिष्ठ उपाध्यक्षमा नारायणमान श्रेष्ठ र पुष्कर पौडेल, सचिवमा देबु दाहाल, कोषाध्यक्षमा विमला वैद्य तथा सदस्यमा बद्री फोयल, रामराजा भण्डारी, प्रल्हाद खतिवडा, उमङ्गमान शाक्य, वासु महर्जन, विनोद श्रेष्ठ, रवीन्द्र कर्माचार्य र रमिला डङ्गोल चयन भएका छन् । समाजको सल्लाहकारमा भने सञ्जु पण्डित, मोहन श्रेष्ठ, हरिप्रसाद रिमाल, श्याम केसी, गोपाल घटानी, नवीन बुढाथोकी, श्याम रिमाल, प्रदीप केसी, अमृत महर्जन र सङ्गीना वैद्य रहेका छन् ।
संस्थाले छिट्टै विधान तयार गरी पृथ्वीनारायण शाहले नुवाकोट एकीकरणका लागि तयारी गरेको त्रिशूली, बाघबगैँचा (कलोनी) मा बृहत् पुनर्मिलन कार्यक्रम आयोजना गर्ने पनि जनाएको छ ।
संस्थाले यस क्षेत्रका जनताका पिरमर्का वा गुनासा सुनी सम्बोधन गर्ने, काठमाडौं तथा अन्यत्र जहाँ रहे पनि आपत्विपद्मा परेकालाई सक्दो आर्थिक, भौतिक र नैतिक समर्थन गर्ने एवं ऐतिहासिक- सांस्कृतिक- धार्मिक पहिचान कायम राखी प्रचारप्रसार एवं प्रवद्र्धन गर्ने र यसलाई विशेष पहिचान दिलाउन प्रयत्नशील रहने, पर्यटकीय गतिविधि अभिवृद्धि, स्वास्थ्य सुरक्षा, सरसफाइ, आयआर्जनलगायत विभिन्न कार्यक्रम गर्ने जनाएको छ ।
विक्रमको सत्रौँ शताब्दीमा नै राम शाहले गोरखाबाट पूर्व त्रिशूली नदी वारिसम्म नै राज्य विस्तार गरेका थिए भने पृथ्वीनारायणले विसं १८०१ मा बाघबगैँचा, बगुवा आदि क्षेत्रमा खेतीपाती गर्ने निहुँमा सैन्य तालिम दिलाई कान्तिपुरअन्तर्गत पर्ने नुवाकोट इलाका लिन सफल भएका थिए । सोही क्षेत्रमा नै तत्कालीन मुख्तियार भीमसेन थापाले विक्रमको सत्रौँ शताब्दीमा आँपका सात सय बोट लगाएका थिए जसमध्ये केही अहिले पनि कायमै छन् ।
भेलामा नुवाकोट र काठमाडौँ उपत्यकामा रहेका बाघबगैँचा, बाग्टार, डिही बजार, कलोनी, हात्तीगौँडा, बगुवा बजार र राइसिङेका विद्यार्थी, कर्मचारी, उद्योगी, व्यापारी, बुद्धिजीवी, समाजसेवीलगायतको सहभागिता थियो ।
















यस्तो छ आज कृषिउपजको थोक मूल्य
‘बहुपक्षीयताप्रति नेपाल प्रतिबद्ध छ’
‘अमेरिकाले युद्धबाट नसकेको कुरा वार्ताबाट हासिल गर्न खोज्यो’- इरान
यस्तो छ मानवको अन्तरिक्ष उडानको इतिहास
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
प्रतिक्रिया