प्रशासकीय अधिकृत कुट्ने वडाध्यक्ष पक्राउ

काठमाडौँ । प्रशासकीय अधिकृतलाई हातपात गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन्।
सिन्धुलीको गोलन्जोर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद पौडेललाई हातपात गर्ने सोही गाउँपालिका वडा नम्बर २ का अध्यक्ष दौलत बिक्रम कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
असार १४ गते आयोजनाको विषयमा वडाध्यक्ष र प्रशासकीय अधिकृतबीच विवाद भएपछि प्रशासकीय अधिकृत पौडेलले रक्सी खाएको भन्दै वडाध्यक्ष कार्कीले मापसे चेकिङ गर्न लगाएका थिए।
प्रहरीले मापसे चेकिङ गर्दा पौडेलले रक्सी नखाएको पुष्टि भएपछि पनि वडाध्यक्ष कार्कीले रक्सी खाएको भन्दै हातपात गर्दै पौडेलको अधिकृतको गाडी फुटाइदिएका थिए।
आइतबार आफैं जिल्ला प्रहरी कार्यालयमा भएका वडाध्यक्ष कार्कीलाई पक्राउ गरेर प्रहरीले अदालतमा बुझाएको थियो। अदालतले वडाध्यक्षलाई थुनामा राखेर अनुसन्धान गर्न ५ दिन म्याद दिएको सिन्धुलीका प्रहरी प्रमुख एसपी राजकुमार सिलवालले जानकारी दिए ।
















कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
क्यानडाविरुद्ध नेपालको सानदार जित
काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया