आज नागढुंगास्थित रेस्क्यु टनेलको ‘ब्रेक थ्रू’ हुँदै

काठमाडौं । बहु प्रतीक्षित नागढुंगा–नौबिसे सुरुङ मार्गको एउटा टनेलको सोमबार ‘ब्रेक थ्रू’ गरिने भएको छ। निर्माण सुरु भएको झन्डै चार वर्ष पछि ‘रेस्क्यु टनेल’ को आज ‘ब्रेक थ्रु’ गरिन लागिएको हो ।
अब ‘ब्रेक थु’ गर्नका लागि एक मिटर मात्र ‘रेस्क्यू टनेल’को काम बाँकी रहेको सो परियोजनाले जनाएको छ । २०७६ कात्तिक ४ गते शिलान्यास भई निर्माण थालिएको रेस्क्यू टनेलको सुरुङ निर्माणको काम सोमबारदेखि सकिन लागे पछि एक मिटर मात्रै बाँकी राखिएको हो । जो आज ‘ब्रेक थ्रु’ गरिने छ ।
सो ुब्रेक थुु हुने भएपछि आज दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला नागढुंगा आयोजना स्थलमा पुग्दैछन् । उनको उपस्थितिमा सो ‘ब्रेक थु’ गरिने छ ।
यसैगरी, २.५ किलोमिटर रहेको नागढुंगा-नौविसे सुरुङ मार्गको रेस्क्यू टनेलको आज ‘ब्रेक थु’ गरिएसँगै मुख्य टनेलको पनि चाँडै गरिनेछ । मुख्य टनेलको सुरूङको काम अब १८ प्रतिशत मात्र बाँकी रहेको छ । २.६ किलोमिटर लम्बाइ रहेको मुख्य टनेलको ५ सय ६ मिटर मात्र अब खन्न बाँकी रहेको आयोजनाले जनाएको छ ।










यू–१९ एसिया कप : नेपालले अफगानिस्तानलाई दियो १२५ रनको लक्ष्य
काठमाडौँ-७ बाट कांग्रेसका १९ उम्मेदवार सिफारिस
पक्राउ परेका श्रम संस्कृति पार्टीका उपाध्यक्ष तामाङ पार्टीबाट निलम्बित
नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
प्रतिक्रिया