बिहीबार, माघ २२, २०८२

प्रशासकीय अधिकृत कुट्ने वडाध्यक्ष धरौटीमा रिहा

मेरोन्यूज २०८० साउन २२ गते १९:४८

सिन्धुली । प्रशासकीय अधिकृतलाई कुट्ने अवाध्यक्षलाई धरौटीमा रिहा गर्न सिन्धुली जिल्ला अदालतले आदेश दिएको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिका’२ का वडाध्यक्ष दौलत कुमार कार्कीलाई जिल्ला अदालत सिन्धुलीले २५ हजार धरौटी लिई तारिखमा छाड्न आदेश दिएको हो।

जिल्ला अदालत सिन्धुलीका न्यायाधीश उपेन्द्र प्रसाद गौतमको इजलाशमा भएको थुनछेक बहसपछि कार्कीलाई २५ हजार धरौटीमा छोड्न आदेश दिइएको हो ।

कार्कीले सोही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद पौडेललाई मादक पदार्थ स्वन गरेको भन्दै चेक गर्न लगाएर नखाएको पुष्टि हुृँदा पनि कुटेका थिए । उनलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको थियो ।

वडाध्यक्ष कार्कीले गत असार १४ गते गाउँपरिषद चलिरहेका बेला पौडेलमाथि कुटपिट गरेका थिए । वडाध्यक्ष कार्कीले आफूमाथि कुटपिट गरेको भन्दै असार १४ गते प्रमुख प्रशासकीय अधिकृत पौडेलले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका थिए।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले असार १५ गते कार्की विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। ​​​​​​​वडाध्यक्ष कार्कीले भने आफूले कुनै अभद्र व्यवहार नगरेको दावी गर्दै आएका थिए। उनी नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

प्रतिक्रिया