शुक्रबार, माघ २३, २०८२

गौर हत्याकाण्ड पीडित र सरकारबीच पाँच बुँदे सहमति

मेरोन्यूज २०८० साउन २३ गते १३:३६

काठमाडौँ । गौर हत्याकाण्ड पीडित सङ्घर्ष समिति र सरकारबीच पाँच बुँदे सहमति भएको छ । मंगलबार गृह मन्त्रालयमा भएकाे छलफलपछि उक्त सहमति भएको हो ।

घटनामा मृत्यु भएका र घाइते भएका परिवारका सदस्यहरूसँग छलफलपछि घटनाबारे छानबिन र अनुसन्धान गरेर दोषीलाई कानुनी दायरामा ल्याउने सहमत भएको छ ।

त्यस्तै घटनामा मृत्यु भएका र २०६५ पुस ९ मा मन्त्रिपरिषद्ले सहिद घोषणा गरेकाहरूको नाम राजपत्रमा प्रकाशित गर्ने सहमति भएको छ । यस्तै सो घटनामा मृत्यु भएका तर सहिद घोषणा हुन छुट भएका मृतकलाई सहिद घोषणाको प्रक्रिया अघि बढाउन दुवै पक्ष सहमत भएका छन् ।

मृतकहरूको स्मृतिमा रौतहट जिल्लामा सहिद स्मारक स्तम्भ निर्माण कार्य यही आर्थिक वर्षमा अघि बढाउने सहमति भएको छ । साथै घाइतेहरुको उपचार र आर्थिक सहायताका लागि अनुरोध गर्ने सहमति भएको छ ।

याे सहमतिसँगै संघर्ष समितिले आन्दोलनका आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ ।

२८ जनाको मृत्यु हुने गरी ७ चैत २०६३ मा रौतहटको गौरमा भएको घटनामा संलग्नहरुलाई कारबाही गर्न माग गर्दै संघर्ष समितिले चरणबद्ध आन्दोलन थालेको थियो । संघर्ष समितिले १३ साउनदेखि धर्ना दिनुका साथै प्रदर्शन गर्दै आएको थियो ।

सहमतिपत्र :

प्रतिक्रिया