बार्सिलोनाले जित्यो जोन गाम्पर ट्रफी
मेरोन्यूज
२०८० साउन २४ गते ७:३६

काठमाडौँ । बार्सिलोनाले जोन गाम्पर ट्रफी जितेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले टोटनह्यामलाई ४-२ गोल अन्तरले पराजित गर्दै जोन गाम्पर ट्रफी जितेको हो ।
बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्की, फेरान टोरेज, अन्सु फाती र अबडे एजालजोउलीले एक एक गोल गरेका थिए । बार्सिलोना २(१ ले पछि परेको अवस्थामा खेलको ८१औं मिनेटमा बराबरी गोल गर्दै खेलमा कमब्याक गर्दै जित हासिल गरेको थियो ।
यसअघि टोटनह्यामका लागि ओलिभर स्किपले दुवै गोल गरेका थिए ।
बार्सिलोनाले हरेक बर्ष आफ्ना संस्थापक सदस्य, पूर्व खेलाडी र क्लबका प्रेसिडेन्ट जोन गाम्परको स्मृतिमा हरेक बर्ष ला लिगा शुरु हुनु अघि कुनै क्लबलाई आमन्त्रित गरेर जोन गम्पर ट्रफी खेल्ने गर्दछ ।
अहिलेसम्म भएका ५८ संस्करणमा बार्सिलोनाले ४६ पटक यो ट्रफी जितेको छ ।
सम्बन्धित
















आज साेमबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो
पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ
लुम्बिनी प्रदेश सभाकी सांसद शर्मा मध्यराति काठमाडौंबाट पक्राउ
आज सोमबार यी राशिहरूलाई मिल्न सक्छ लाभ ? हेर्नुहोस् राशिफल
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया