शुक्रबार, माघ २३, २०८२

आफ्नै तीन छोरीमाथि यौनजन्य हिंसा गर्ने धादिङका पुरुष थुनामा

मेरोन्यूज २०८० साउन २४ गते १९:५९

काठमाडौं । आफ्नै ३ छोरीहरुलाई यौनजन्य हिंसा गर्ने धादिङका ३६ वर्षीय पुरुष अहिले पुर्पक्षका लागि थुनामा छन् । उनले यौन हिंसा गरेकी एक बालिकाको गर्भमा बच्चा बसेका कारण सुरक्षित गर्भपत समेत गराउनु परेको थियो ।

सुरक्षित आवास गृहमा रहेका पीडितहरु सरकारी विद्यालयमा अधयान गरिरहेका छन् । परिवारबाट हिंसामा परेपछि पीडितको घर फर्कने अवस्थानै नभएपछि सुरक्षित आवास गृह अभिभावक बनाएर बसिरहेका बालिकाहरु न्याय कसरी पाइन्छ भन्नेमा आफै अलमलमा छन् ।

आरोपितलाई जेल हाल्न सकिएमा मात्रै आफूले न्याय पाएको महसुस हुने पीडित एक बालिकालेृृ बताइन् । तिन जना बालिका मात्र नभएर अधिकांश महिलाहरु हिंसामा पर्ने गरेका छन् । उनीहरूको पुनःस्थापना हुन सकेका छैन ।

धादिङबेसीमा रहेको सुरक्षित आवासगृहमा यस्तै हिंसामा परेका १३ जना बालिकाहरु बसिरहेका छन् । उनिहरुमध्ये ६ जना परिवारबाट यौन हिंसामा परेका छन् भने अरु चिनेका मानिसहरुबाट हिंसामा परेको सहयात्री समाज नेपालकी अध्यक्ष गीता खनालले जानकारी दिइन ।

सहयात्री समाजले नेपाल सरकारको सहयोग लिएर संचालन गरिरहेको सुरक्षित आवास गृहमा घरमा पुनस्थापना गर्न नसकिने किसिमका बालिकाहरु राखिएको छ ।

प्रतिक्रिया