सर्वोच्चको फैसला कीर्ते गरि शिक्षकमा पुनर्बहाली हुन खोज्ने कार्की पक्राउ

काठमाडौं । सर्वोच्च अदालतको फैसला कीर्ते गरि शिक्षकमा पुनर्वहाली हुन खोज्ने सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ भालुखोप घर भएका ५५ वर्षीय जीतबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले कार्कीलाई साउन २१ गते पक्राउ गरेको हो । उनलाई लिखतसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए।
कार्कीलाई जिल्ला अदालत काठमाडौंबाट ७ दिनका म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।
सिन्धुपाल्चोक जिल्ला अदालतमा कार्कीविरुद्ध रवीन्द्रकुमार खड्काले हालेको कर्तव्य ज्यानको मुद्दा जिल्ला उच्च हुँदै सर्वोच्चबाट २०७२ पुस २२ गते फैसला भएको थियो।
कार्कीले कर्तव्य ज्यानको मुद्दाबाट सफाइ पाएका थिए। सिन्धुपाल्चोकमा शिक्षण पेसामा रहेका कार्कीले कर्तव्य ज्यानको कसुरबाट सफाइ पाए पनि सर्वोच्चले पूर्णपाठमा भने उनी शिक्षक पेसामा पुनर्बहाली नहुने उल्लेख गरेको थियो।
तर, सर्वोच्चबाट सफाइ पाएपछि कार्कीले पुनर्बहाली नहुने भन्ने फैसलामा कीर्ते गर्दै पुनर्बहाली हुने भन्ने बनाएर पेस गर्दै शिक्षक हुनुपर्ने भन्दै कीर्ते गरिएको अदालतको फैसला पेस गरेका थिए।
फैसला कीर्ते भएको हुनसक्ने भन्दै सर्वोच्चको फैसलासँग दाँच्दा कीर्ते भएको देखिएपछि परिसरको टोलीले कार्कीलाई पक्राउ गरेको हो।
















कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
क्यानडाविरुद्ध नेपालको सानदार जित
काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया