मंगलबार, पुष १, २०८२

दोलखामा बाबुछोरा पहिरोमा बेपत्ता

मेरोन्यूज २०८० साउन २८ गते १७:१९
File Photo

दोलखा । दोलखाको उत्तरी बिगु गाउँपालिकामा पहिरोमा पुरिएर निउरो टिप्न गएका बाबुछोरा बेपत्ता भएका छन् । बिगु गाउँपालिका– ७ का राखम गाउँका ३५ वर्षीय निम्दोर्जे शेर्पा र उनका १२ वर्षीय छोरा पासाङ शेर्पा पहिरोमा पुरिएर बेपत्ता भएका बिगु गाउँपालिकाका– ७ का अध्यक्ष दलबहादुर श्रेष्ठले जानकारी दिए ।

आइतबार तिनपाटेनजिकैको जंगलस्थित ठाडो खोलामा निउरो टिप्न गएका बाबुछोरालाई माथिबाट खसेको पहिरोले पुरेको हो। खोलाकिनारमा निउरो टिप्ने क्रममा एक्कासि माथिबाट खसेको पहिरो र खोलामा एक्कासि आएको बाढीले बगाएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

निउरो टिप्न गएका तीनजनामध्ये दुईजना बेपत्ता भए पनि अर्का एकजनाले भने भागेर ज्यान जोगाएका छन्। घटनास्थलतर्फ चिलंखामा रहेको प्रहरी चौकीबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

प्रतिक्रिया