कारागारभित्र कैदीबन्दीको मृत्यु प्रकरणमा असई चौधरी पक्राउ, जेलर घिमिरेविरूद्ध पक्राउ पुर्जी

काठमाडौं । संखुवासभाको कारागारभित्र दुई कैदीबन्दीको मृत्यु भएको घटनामा प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मी चौधरी पक्राउ परेका छन्।
आइतबार जिल्ला प्रहरी कार्यलायले असई चौधरीलाई पक्राउ गरेको हो । चौधरीलाई जिल्ला अदालत संखुवासभाबाट पाँच दिन हिरासतमा राख्ने अनुमति लिएको प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए।
शनिबार जिल्ला प्रहरी कार्यालय संखुवासभामा कारागार प्रमुख जेलर) राजेन्द्र घिमिरे र असई लक्ष्मी चौधरीविरूद्ध जाहेरी परेपछि अदालतबाट पक्राउ पूर्जी लिइ आइतबार चौधरीलाई पक्राउ गरेर म्याद थपिएको खनालले जानकारी दिए ।
प्रहरीले जेलर घिमिरेविरूद्ध पनि अदालतबाट पक्राउ अनुमति लिए पनि पक्राउ नगरिएको जनाएको छ । यस घटनामा अन्य व्यक्तिहरूको पनि संलग्नताबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
गत बुधबार बिहान खाँदबारी नगरपालिका–१ मा रहेको कारागार कार्यालय संखुवासभामा रहेका मादी नगरपालिका–५ फेलेदै बस्ने २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका–७ का २७ वर्षीय आकाश बलामीको अचेत अवस्थामा फेला परेर उपचारको लागि जिल्ला अस्पताल खाँदवारी लगेपछि उपचारको क्रममा मृत्यु भएको थियो।
त्यस राति ड्युटीमा खटिएका असई लक्ष्मी चौधरी र कारागार प्रमुख घिमिरेको पनि संलग्नता भएको भन्दै पीडित परिवारले किटानी जाहेरी दिएका हुन्।
















कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
क्यानडाविरुद्ध नेपालको सानदार जित
काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया