महिला विश्वकपको सेमिफाइनलमा आज स्वीडेन र स्पेन भिड्ने
मेरोन्यूज
२०८० साउन ३० गते ९:२८

काठमाडौँ।फिफा महिला विश्वकप फुटबलमा आज सेमिफाइनलका खेल सुरु हुँदैछ । सेमिफाइनल अन्तर्गतको पहिलो खेलमा आज स्वीडेन र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल अष्ट्रेलियाको सिड्नीस्थित स्टेडियममा नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ ।
स्वीडेनले क्वार्टरफाइनलमा चार पटकको विश्व च्याम्पियन अमेरिकालाई पेनाल्टी सुटआउटमा ५–४ र २०११ को च्याम्पियन जापानलाई २–१ ले हराएको थियो । यो टोली राम्रो लयमा छ ।
यस्तै, स्पेन आफ्नो समूह खेलहरूमा जापानसँग ०–४ ले पराजित भए पनि क्वार्टरफाइनलमा अतिरिक्त समयमा गोल गर्दै डिफेन्डिङ उपविजेता नेदरल्यान्ड्सलाई पराजित गरेको थियो ।
यस्तै, दोस्रो सेमिफाइनलमा भोलि अस्ट्रेलिया र इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।
सम्बन्धित
















आज साेमबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो
पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ
लुम्बिनी प्रदेश सभाकी सांसद शर्मा मध्यराति काठमाडौंबाट पक्राउ
आज सोमबार यी राशिहरूलाई मिल्न सक्छ लाभ ? हेर्नुहोस् राशिफल
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया