हङकङबाट भित्रिएको अवैध सुन ६० किलो ७१६ ग्राम
मेरोन्यूज
२०८० साउन ३० गते १५:०१

काठमाडौं । हङकङबाट मोटरसाइकलको ब्रेक शुभित्र लुकाएर भित्र्याइएको अवैध सुनको तौल ६० किलो ६१६ ग्राम भएको छ । सुनको परिमाण गालेपछि ६३ ग्रामले घटेको छ। टक्सार महाशाखाले मंगलबार बिहान १० बजेदेखि गाल्न सुरु गरेर सकेपछि तौल गर्दा ६३ ग्रामले घटेको हो ।
साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिर बरामद भएको सुन सोमबार नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा जोखिएको थियो। जोख्दा सुनको परिमाण ६० किलो ७७९ ग्राम देखिएको थियो।
सुन भन्सार जाँचपास भएर सिनामंगलको रोडमा निकालिएको अवस्थामा राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो। त्यसबेला सुनसहितको ब्रेक शुको तौल १५५ किलो रहेको सार्वजनिक गरिएको थियो।
सम्बन्धित
















यस्तो छ मानवको अन्तरिक्ष उडानको इतिहास
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
आज केही स्थानमा वर्षा र हिमपात हुने
कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
प्रतिक्रिया