मकवानपुरमा खोलाले बगाएर प्रजाको मृत्यु
मेरोन्यूज
२०८० साउन ३२ गते १९:४५

मकवानपुर । मकवानपुरको राक्सिराङमा एकजनाको खोलाले बगाएर मृत्यु भएको छ । राप्ती नगरपालिका–१२ दुङथली बस्ने ४८ वर्षीय धनकाजी प्रजाको मृत्यु भएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।
राक्सिराङ–७ काँकडा र चितवनको राप्ती नगरपालिकाको सिमाना हुँदै बग्ने स्थानीय रेउतीखोलामा प्रजाको शव भेट्टिएको हो । खोला तर्दा प्रजालाई बगाएको अनुमान गरिएको राक्सिराङ–७ का वडाध्यक्ष रामबहादुर प्रजाले बताए ।
‘मेरो भिनाजु नाता पर्नुहुन्छ, मङ्गलबार साँझ उहाँ काँकडामा हुने दिदी र बहिनीको घर जान्छु भनी खाजा खाने होटलबाट निस्कनुभएको थियो,’ वडाध्यक्ष प्रजाले भने । बुधबार बिहान रेउती खोलामा स्थानीयवासीले शव भेटेपछि प्रहरीमा खबर गरिएको वडाध्यक्ष प्रजाले बताए ।
सम्बन्धित









रास्वपाद्वारा समन्वय कार्यदल गठन
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
एमालेका नवनिर्वाचित अध्यक्ष ओलीले लिए शपथ
प्रतिक्रिया