बुधबार, फागुन ६, २०८२

६० किलो सुन तस्करी प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ

मेरोन्यूज २०८० भदौ १ गते ८:३९

काठमाडौं । ६० किलो सुन बरामद प्रकरणमा थप दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धानका क्रममा काठमाडौंबाट गएराति दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेको नाम प्रहरीले खुलाएको छैन ।

गत साउन ३१ मा सिआईबीले चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । उनीहरुमध्ये डिङ सेल्फा र ली नेङ्काई सुन ओसारपसारमा संलग्न व्यक्ति भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सोहि दिन पक्राउ परेका टीयान मि र वेन तोङ दम्पति हुन् । उनिहरुले ठमेलमा ‘केटीबी’ नामको रेष्टुरेण्ट संचालन गरेका छन् ।

यस प्रकरणमा हालसम्म पक्राउ पर्नेको संख्या २३ पुगेको छ ।

प्रतिक्रिया