उच्च तहका सबै नेताको सम्पत्ति छानबिन हुन्छः कानुनमन्त्री

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले उच्च तहका सबै नेताको सम्पत्ति छानबिन हुने बताएका छन्।
शुक्रबार नेपाल निजामति कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशनमा मन्त्री गुरूङले राजनीतिक दलका नेता र उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्ने विषय सरकारको नीति तथा कार्यक्रममै उल्लेख भएको बताए । उनले त्यसलाई कार्यान्वयन गर्न अब सरकार अग्रसर हुने बताए ।
‘देखाउन होइन, कार्यान्वयन गर्न नै न्यूनतम साझा कार्यक्रममा लेखेका हौं,’ उनले भने, ‘र्ने हो । त्यसकारण उच्च तहका नेता सबैको सम्पती छानबिन गर्ने दिशातर्फ अब सरकार अघि बढ्छ।’
मन्त्री गुरूङले साधारण हेलचेक्रयाइँले मात्रै विमानस्थलबाट त्यति ठूलो परिमाणमा सुन बाहिरिन नसक्ने बताए। त्यसमा ठूलै मान्छैको संलग्नता हुनसक्ने र प्रहरीले त्यसबारेमा छानबिन गरिरहेको उनले बताए।
सरकार सुशासन कायम गर्न प्रतिबद्ध भएर अगाडि बढेको पनि मन्त्री गुरूङले बताए।









दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
युवा नै नयाँ नेपालको नेतृत्व हुन्, पार्टीले जिम्मेवारी दिन्छः संयोजक दाहाल
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया