शिकारी चराको संख्या घट्दो

कपिलवस्तु । किसानको साथीका रुपमा परिचित शिकारी चरा पर्यावरणीय प्रणाली सन्तुलन राख्न सहयोगी मानिन्छ । तर पछिल्ला दिनमा शिकारी चराको संख्या घट्दो छ । यसले पर्यापर्यटन, पर्यावरण र खेतीपातीमा समेत असर गर्ने भन्दै चराविद्हरूले चिन्ता व्यक्त गरेका छन् ।
शिकारी चराहरू देख्दा मनमोहक र चित्ताकर्षक हुन्छन् । ठूला, फुर्तिला र साहसी यी चराले आफ्नो कौशल र सीपले आहार जुटाउँछन् । शिकार गर्दाको संघर्ष र बहादुरी अनि शिकार लिएर उड्दाको दृष्यले रोमाञ्चित बनाउँछ । कावा खाँदै टाढासम्म उड्ने शिकारी चराको रोमाञ्चक गतिविधि क्यामेरामा कैद गर्न पर्यटकहरू लालयित हुन्छन् ।
नेपालमा ८९२ प्रजातिका चरा पाइन्छन् । तीमध्ये ८१ प्रजातिका शिकारी चरा छन् । ६० प्रजातिका दिनमा र २३ प्रजातिका रातमा सक्रिय हुन्छन् । दिनमा सक्रिय हुने ६० प्रजाति चराको बासस्थान कपिलवस्तुको सीमसार क्षेत्रमा छ । जुन विश्वमै पाइने शिकारी चराको १९ प्रतिशत हो ।
तर एक दशकअघि जताततै देखिने चराको संख्या दिनानुदिन घट्दै गएको छ । बढदो सहरीकरणले बासस्थान संकटमा पर्दै आहारमा समस्या, बालीनालीमा विषादीको अधिक प्रयोग र सिमसार क्षेत्रको अतिक्रमणले समस्या परेको छ । ताल, पोखरीमा मानिसहरूले धेरै माछा मार्न थाले । आहार घटेपछि शिकारी चरालाई सकस पर्यो । चोरीशिकार, अवैध व्यापारले पनि शिकारी चरा मासिन पुगेका छन् ।
बसाइँसराइ गरी शिकारी चरा नेपाल आउने मुख्य ठाउँ कास्कीको ठूलाखर्कमा सन् २०१२ देखि अध्येयताद्वय तुल्सी सुवेदी र सन्देश गुरुङले शिकारी चरा गणना गर्दै आएका छन् । सन् २०१३ मा १३ हजार ४ सय ८५ वटा गोमायु महाचिल र हिमाली गिद्ध आएकोमा त्यसयता बर्सेनि संख्या घट्दै गएर २०२१ मात्र ७ हजार ७ सय २४ मा सीमित भएको छ । बसाइँ सरी आउने ३३ सै प्रजातिका चरा गणना चराको संख्या घट्दै गएको देखिएको छ ।
विश्वव्यापीरूपमा सिकारी चराको संरक्षण गर्ने अमेरिकामा रहेको द पेरिग्रिन फण्डले पनि नेपालमा शिकारी चरा घट्दै गएको जनाएको छ । शिकारी चराको राम्रो बासस्थान रहेको विश्वका १० प्रमुख स्थानमध्ये ७ स्थान नेपालमा रहेको र तिनीहरूको पनि अवस्था बिग्रदै गएको फण्डले जनाएको छ ।
नेपाल आउने विदेशी पर्यटकमा करिब १० प्रतिशत चरा नै हेर्न आउँछन् । यसरी संख्या घट्दै जाँदा चरा पर्यटन प्रभावित हुनसक्ने डर छ ।
















रुस–युक्रेन युद्धबारे अबुधाबीमा दुई पक्षबीच वार्ता सुरु
साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग पराजित भएसँगै नेपाल बाहिरियो
इण्डो नेपाल टी–२ च्यापिम्यनसीपकाे उद्घाटन खेलमा आसाम विजय
बागलुङमा ११५ थान भरुवा बन्दुक बरामद
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
आज २०८२ साल माघ १९ गते सोमबारको राशिफल
प्रतिक्रिया