प्रभु बैंकको संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला
मेरोन्यूज
२०८० भदौ ३ गते १०:१४

काठमाडौं । प्रभु बैंकले संस्थापक शेयरधनीको नाममा रहेको शेयर सर्वसाधारणमा विक्रीमा खुला गरेको छ । बैंकको संस्थापक शेयरधनीहरुको नाममा रहेको कुल १ लाख ९४ हजार २४१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर आजदेखि विक्रीमा ल्याएको बैंकले जनाएको छ ।
यस शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुसँग अन्य व्यक्ति तथा संस्थाहरुले खरिद आवेदन पेस गर्न सक्नेछन्। यसअघि उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुका लागि ३५ दिनको म्याद राखेर बिक्री खुला गरिएको थियो। तर, संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरेको हो।
उक्त शेयरमा ईच्छुक व्यक्तिहरुले सुचना प्रकाशति भएको मितिले १५ दिनभित्र खरिद आवेदन दिनुपर्नेछ। ईच्छुक लगानीकर्ताले बैंकको काठमाडौंको बबरमहलस्थित केन्द्रीय कार्यालयमा खरिद आवेदन पेस गर्न सक्नेछन्।
सम्बन्धित
















कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २ गते बस्ने
BP Koirala Memorial Cancer Hospital in financial problem as most services are free
राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक
उपसभामुख रुबीकुमारी ठाकुरद्वारा पदभार ग्रहण
ज्यान हत्केलामा राखेर लिएको सदस्यता कसैको लहडमा भाषण गरेर खारेज हुन सक्दैन-पूर्णबहादुर खड्का
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया