शुक्रबार, माघ २३, २०८२

रसुवामा २ केजी सुनसहित दुईजना पक्राउ

मेरोन्यूज २०८० भदौ ३ गते १३:२०
फाइल तस्बिर

काठमाडौं । रसुवाको गोसाइकुण्ड गाउँपालिका-५ स्याफ्रुबेँसीबाट २ केजी सुनसहित दुईजना पक्राउ परेका छन् ।

सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका-५ का सुदीप शेर्पा र वडा नम्बर १ का फुरसाङ्गु शेर्पा चेस्ट गार्डभित्र लुकाएर ल्याएको दुई किलो सुनसहित पक्राउ परेका हुन् ।

शनिबार साँझ भएको चेकिङका क्रममा शंका लागेर चेक गर्दा टिमुरेबाट स्याफ्रुवेशी गइरहेका २४ वर्षीया सुदीप शेर्पा पक्राउ परेका थिए । उनलाई त्यो सुन टिमुरीका फुर्साङ्बु शेर्पाले दिएको पाइएपछि शेर्पालाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, रसुवाले जनाएको छ ।

सुन चीनबाट नेपाल भित्रिएको प्रारम्भिक अनुमान गरिएको छ ।

प्रतिक्रिया