कांग्रेसले स्थगित गर्यो पूर्वनिर्धारित समुदायमा कांग्रेसः राष्ट्रव्यापी अभियान

काठमाडौं । नेपाली कांग्रेसले संगठन सुदृढीकरणका लागि तय गरेको ‘समुदायमा कांग्रेसः राष्ट्रव्यापी अभियान’ स्थगित गरेको छ।
गत साउन २ देखि १० गतेसम्म बसेको केन्द्रीय कार्यसमितिले भदौ १० गतेदेखि २४ गतेसम्म देशैभर संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। त्यो निर्णय मंगलबार बिहान सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी कारी बैठकले तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।
बर्खा नसकिएको र संसद पनि चल्ने भएकोले राष्ट्रव्यापी अभियान केही समयपछि गर्ने समझदारी बनेको पाण्डेले बताए ।
‘समुदायमा कांग्रेसः राष्ट्रव्यापी अभियानमा जनप्रतिनिधि (सांसद) पनि जानुपर्छ। तर संसद चलिरहेकोले अहिले यो कार्यक्रम गर्न सम्भव हुँदैन भन्ने भयो। साथै पानी पनि परिराखेको छ, बर्खा सकिएको छैन। केही समयपछि यो अभियान गर्छौं,’ उनले भने।
साउन १० गते सकिएको केन्द्रीय समितिले पारित गरेको वार्षिक कार्यतालिकामा अभियान भदौ १० देखि २४ गतेसम्म देशैभर सञ्चालन गर्ने उल्लेख छ।
राष्ट्रव्यापी अभियान अहिलेलाई स्थगित गरिएको भनिए पनि अब कहिले गर्ने भन्ने मिति बैठकले तय गरेको छैन ।

















कांग्रेसको प्रतिज्ञापत्रमा के छ ? (पूर्णपाठ)
भरूवा बन्दुकसहित दुई जना पक्राउ
Kathmandu Valley’s pollution level down
132-kV Burtibang substation comes into regular operation
निर्वाचनमा खटिएका सेना बाेकेको बस दुर्घटना, २४ जना घाइते
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
प्रतिक्रिया