बस दुर्घटनामा मृत्यु भएका चार जनाको सनाखत, घाइतेको पनि पहिचान भयो

काठमाडौँ । बुधबार बिहान काठमाडौँबाट बेनी जाँदै गरेको यात्रुबाहक बस त्रिसुलीमा खस्दा मृत्यु भएका मध्य चार जना सनाखत भएको छ ।
इलाका प्रहरी कार्यालय धादिङका अनुसार सनाखत भएमामा म्याग्दीको रघुगंगा गाउपालिका–३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वतको मोदी गाउँपालिका–१ का १५ वर्षीया कृतिका शर्मा पौडेल, धादिङको गजुरी गाउँपालिका–८ का २५ वर्षीय सविन रम्तेल छन् । बाँकी ४ जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
मृत्यु भएकामध्य ६ पुरुष र २ महिला रहेको प्रहरीले जनाएको छ ।
प्रदेश ३–०१–००५ ख ९९५२ नंम्बरको बस धादिङ गजुरी गाउँपालिका–२ चालिसेबाट अनियन्त्रित भई त्रिशुली नदीमा खसेको थियो ।
प्रहरीले बस खस्दा घाइते भएर काठमाडौँको टिचिङ अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र गजुरी धादिङमा उपचार भइरहेको जनाएको छ । घाइते हुनेमा पर्वतको मोदी गाउँपालिका–१ का ४१ वर्षीय गुरुदत्त शर्मा पौडेल, म्याग्दीको बेनि नगरपालिका–६ का ३० वर्षीय बस चालक दिपक थापा, म्याग्दीको बेनी नगरपालिका–३ का २४ वर्षीय पुर्ण छन्त्याल, अन्नपूर्ण गाउँपालिका–१ का १९ वर्षीय कुशल अधिकारी, काठमाण्डौ कृतिपुर नगरपालिका–९ का ५२ वर्षीय खड्ककुमार श्रेष्ठ, म्याग्दीको मंगला गाउँपालिका–२ का १६ वर्षीय गिता जंजाली मगरसहितका घाइते भएका छन् ।









एमाले महाधिवेशनः उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन
आज २०८२ साल पुस १ गते मंगलबारको राशिफल
सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एसीसी यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग पराजित
प्रतिक्रिया