मेलम्चीको बाढीले सिन्धुपाल्चोकमा बगायो माध्यामिक विद्यालयको भवन

काठमाडौं । सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका–४ ग्याल्थुमस्थित सरस्वती माध्यामिक विद्यालयको भवन मेलम्ची खोलाले बगाएको छ। अविरल वर्षापछि आएको बाढीले विद्यालयको भवन बगाएको हो ।
सरस्वती माविको शौचालय र निर्माणाधीन भागको पिलर शुक्रबार बिहान नै बगाएको थियो। जोखिम उच्च भएपछि स्कुल बन्द गरी डेस्क, बेन्च लगायत सामान बिहानै जनप्रतिनिधि र प्रहरी मिलेर हटाइएको थियो ।
दिनभरि मेलम्चीले कटान गरेपछि राति ८ बजेतिर भने स्कुलको तल्लो पट्टिको भवन बगेको हो। स्कुल जिल्लाको पुरानो र प्रतिष्ठित स्कुल थियो ।
बाढीका कारण मेलम्ची–हेलम्बु सडक ठाउँठाउँमा अवरूद्ध भएका छन्।मेलम्चीको बहाव कम नभएकाले सबैलाई सतर्क रहन वडाध्यक्ष बुद्धिमान तामाङले आग्रह गरेका छन्।
मेलम्चीको बाढीले हेलम्बु गाउँपालिका–४ ग्याल्थुमका चार घर पनि उच्च जोखिममा परेको वडाध्यक्ष तामाङले जानकारी दिए ।
शुक्रबार मेलम्चीले कटान सुरू गरेपछि भरतबहादुर कार्की, मुक्तिनाथ लामिछाने, छविरमन लामिछाने र सुरेश तामाङका घर उच्च जोखिममा परेको वडाध्यक्ष तामाङले जानकारी दिए।
बाढी आएपछि ग्याल्थुम बस्तीका स्थानीयहरू टहरामा सरेका छन्।
यसअघि ०७८ मा मेलम्चीमा आएको बाढी बस्तीमा पसेपछि सरकारले सुरक्षित स्थानमा टहरा बनाइदिएको थियो। टहरा बनाए पनि ३०, ३५ परिवार बस्तीमै बसिरहेको वडाध्यक्ष तामाङले बताए।


















भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
यस्तो छ आज तरकारीको थोक मूल्य
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया