खेलकुदमन्त्री लिम्बुको स्वास्थ्यमा सुधार
मेरोन्यूज
२०८० भदौ ११ गते १२:१३

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुको स्वास्थ्यमा सुधार आएको छ ।
शुक्रबार साँझ एक्कासी ज्वरो आएपछि शनिबार विहान उपचारका लागि वीर अस्पतालमा भर्ना हुनुभएका खेलकुदमन्त्री लिम्बुको स्वास्थ्यमा सुधार आएको हो ।
मन्त्री लिम्बुका स्वकीय सचिव रोशन विक्रम राईले ज्वरो आएसँगै डेङ्गु सङ्क्रमण देखिएपछि उनी अस्पतालमा भर्ना भएको जानकारी दिए । पछिल्लो समय मन्त्री लिम्बुको प्लेटलेट्सको मात्रा बढेको उनको भनाइ छ ।
मन्त्री लिम्बु केहीदिन पहिले मोरङका विभिन्न डेङ्गु प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री प्रदान गरी काठमाडौँ फर्किएका थिए । वीर अस्पतालमा भर्ना भएका मन्त्री लिम्बुलाई डा ध्रुव गैरे नेतृत्वको टोलीले उपचार गरिरहेको छ ।
सम्बन्धित















प्रधानमन्त्री बालेनले आज संसदमा महिला आयोगको प्रतिवेदन पेस गर्दै
आजको मौसम : कतै वर्षा, कतै हुरी !
मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
प्रतिक्रिया