माण्डु हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन, हालसम्म कति पर्यो आवेदन ?

काठमाडौं । काठमाडौं । माण्डु हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओ बाँडफाँड गरेपश्चात भदौ १० गतेबाट सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको हो ।
कम्पनीले निष्काशन गरेको आईपीओमा माग भन्दा साढे ६ गुणा भन्दा बढी आवेदन परेको छ । सिडिएससीका अनुसार कम्पनीको प्राथमिक शेयरमा ७ लाख २२ हजार १५९ आवेदकले ७९ लाख ३१ हजार कित्ता शेयर खरिदको लागि आवेदन दिएका हुन् । उक्त आवेदनबाट एक अर्ब ६३ करोड ३७ लाख ८६ हजार रुपैयाँ सङ्कलन भएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुमा बिक्री नभएको ७९ हजार ३० कित्ता सहित गरी कुल १३ लाख ६ हजार ३०६ कित्ता शेयर निष्काशन गरेको हो । सोमध्ये कर्मचारीहरुका लागि २८ हजार ८५३ कित्ता र सामूहिक लगानी कोषका योजनाहरुका लागि ७२ हजार १३३ कित्ता शेयर बाँडफाँट गरिसकेको छ।
सर्वसाधारण लगानीकर्ताले अब बाँकी रहेको १२ लाख ५ हजार ३२० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आईपीओ निष्काशन गरेको हो ।
















कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २ गते बस्ने
BP Koirala Memorial Cancer Hospital in financial problem as most services are free
राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक
उपसभामुख रुबीकुमारी ठाकुरद्वारा पदभार ग्रहण
ज्यान हत्केलामा राखेर लिएको सदस्यता कसैको लहडमा भाषण गरेर खारेज हुन सक्दैन-पूर्णबहादुर खड्का
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया