त्रिवि र विद्यार्थी संगठनहरुबीच इन्जिनियरिङ शिक्षाको शुल्कवृद्धि फिर्ता गर्ने सहमति

काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थानले बृद्धि गरेको शुल्क फिर्ता लिने सहमति भएको छ । आन्दोलनरत विद्यार्थी संगठनहरु र त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरबीच बुधबार पाँच बुँदे सहमति भएको हो ।
इन्जिनियरिङ अध्ययन संस्थानलाई बृद्धि गरिएको शुल्क फिर्ता लिन निर्देशन दिने सहमति भएको हो ।
सात दिनभित्र प्रतिवेदन दिने गरी विद्यार्थी प्रतिनिधिसहित समिति गठन बनाउने र त्यसका आधारमा शुल्क लागू गर्ने पनि सहमति भएको बताइएको छ । ।
हाल स्थगित भएको प्रवेश परीक्षा लगायतका कार्यक्रम सुचारु गर्ने र आमरण अनसन लगायतका सबै आन्दोलनका कार्यक्रम फिर्ता लिने पनि सहमति पत्रमा उल्लेख छ ।
सहमति पत्रमा त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटा, शिक्षाध्यक्ष प्राडाशिवलाल भुसालसहितका पदाधिकारी र विद्यार्थी संगठनका तर्फबाट नेविसंघ अध्यक्ष दुजाङ शेपा, अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहितले हस्ताक्षर गरेका छन् ।









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया