काठमाडौँ र ललितपुरका यी क्षेत्रमा आज दिनभर विद्युत् अवरुद्ध हुने
मेरोन्यूज
२०८० भदौ १६ गते ७:०८

काठमाडौं । आज काठमाडौँ र ललितपुरको केन्द्र भागमा बत्ति जाने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले ललितपुरसहित काठमाडौँ आज दिनभर नै विद्युत कटौती गर्ने भए पछि काठमाडौँको केन्द्र भागमा त्यसको असर पर्ने भएको हो ।
प्राधिकरणका अनुसार आज साढे आठ घण्टासम्म विद्युत आपूर्ति बन्द हुन सक्नेछ ।
टेकु सबस्टेसनको स्तरोन्नती गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने कार्य गरिने भएकोले रत्नपार्कसहितका वितरण केन्द्रबाट हुने विद्युत् आपूर्ति प्रभावित हुने प्राधिकरणले जनाएको छ ।
काठमाडौंका रत्नपार्क र कुलेश्वर तथा ललितपुरका पुल्चोक र लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरूबाट आपूर्ति हुँदै आएको बिजुली शनिबार बिहान १० बजेदेखि साँझ ६:३० बजेसम्म प्रभावित हुन सक्ने प्राधिकरणले जनाएको छ ।
सम्बन्धित
















वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया