ग्ल्याम नेपाल इन्टेनेशनलमा सहभागी हुने प्रतिस्पर्धीहरू सार्वजनिक

काठमाडौँ । प्रारम्भ प्रडक्सनको आयोजनामा ग्याम नेपाल इन्टेनेशनलमा सहभागी हुने अन्तिम २४ जना प्रतिस्पर्धीहरू सिल्भर योकमा आयोजित एक कार्यक्रमको बीच सार्वजनिक भएका छन् ।
शनिबार साँझ आयोजित एक समारोहका बिच ग्याम नेपाल इन्टेनेशनलले अन्तिम २४ जना प्रतिस्पर्धीहरू सार्वजनिक गरेको हो ।
जसमा आचँल शाह, उरूषा भण्डारी, स्विकृति राज भण्डारी, साइमन प्रेमा गिरि, संस्कृति भट्ट, साक्षी बास्तोला, राजश्री थापा, पूर्णिका सिजापति, पुजनी शाह, प्रज्ञा भण्डारी, पुरू लामा, नफिसा श्रेष्ठ, नविना डंगोल, मोनिशा अधिकारी, मानुसी गिरि, कृपा श्रेष्ठ, कामना काफ्ले, होलिस्का कोइराला, वर्षा भण्डारी, अर्विशा थापा, अनिशा शाही ठकुरी, अञ्जिला गिरि र अदिति अधिकारी रहेका छन् ।
प्रारम्भ प्रडक्सनका डाइरेक्टर पवन आचार्यले, विश्वव्यापी रूपमा महिलाहरूको स्तर वृद्धि तथा क्षमता अभिवृद्धिका लागि ग्याम नेपाल इन्टेनेशनल आयोजना गरिएको बताए । उनले, ग्ल्याम नेपाल इन्टेनेशनलको आगामी भदौ २९ गते फाइनल हुन गइरहेको समेत जानकारी दिए ।
फेसन डिजाइनहरु अस्मिता रिमाल, प्रतिमा चौधरी, स्वयं गौतम, सविन दुंगाना, श्वेता प्रधान, सवि भण्डारी, रिना चौलागाईं, राजन शाह र आर्जो श्रेष्ठको डिजाइनमा निर्माण गरिएको कपडाको फाइनल सो भने सेपटेम्बर १६ मा हुनेछ।
ग्याल नेपाल इन्टरनेशनलको आयोजका समितिमा पवन आचार्य, अभिविन्द खनिया, सविता कार्की, ह्याप्पी आचार्य, आयुष केसी र सुश्मा कार्की रहेका छन् । ग्ल्याम नेपाल इन्टेनेशनलको यो तेस्रो संस्करण हो ।
















कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
वातावरण प्रदूषण गर्ने १२ सवारीसाधन नियन्त्रणमा
महिला टी–२० च्यालेन्ज ट्रफी : नेपालसँग रुवान्डा पराजित
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया