कस्ताे छ तपाईंकाे आजकाे दिन ? हेर्नुहाेस् राशिफल

काठमाडाैं । आज भदाै १९ गते मंगलबार । भदौ कृष्ण षष्ठी । पञ्चाङ्ग: व्याघात वणिज भरणी। सेप्टेम्बर ०५ तारिख २०२३ ।
थाहा पाउनुहाेस् तपाइकाे राशिफल :
मेष- नौलो विषयको जानकारी लिएमा राम्रो उपलब्धि हासिल हुने छ । आम्दानीमा समेत बृद्धि हुने सङ्केत छ । धन बढाउन गरिएको प्रयास सफल हुनेछ। डुबेकाेको धन उकास्ने समय छ ।
बृष- चिन्ता र शङ्कालाई त्यागेर अब नयाँ ढंगले अघि बढ्ने प्रयास गर्नुहोस्। प्राविधिक कार्यमा सफलता पाइने छ । सामाजिक क्षेत्र वा वित्तीय संस्थाबाट सहयोग पाइने छ । प्रेम सम्बन्धमा सुदृढता आउने छ ।
मिथुन- व्यस्तता र दौडधूपमा समय बित्नेछ । सानो लापरबाहीले दूरगामी भविष्यमा पछुतो मान्ने परिस्थिति बन्नसक्छ । आर्थिक पक्ष कमजाेर रहने छ । सङ्घर्ष र चुनौती बढ्ने समय छ ।
कर्कट- सेवाग्राही र वरिष्ठ कर्मचारी खुशी हुनेछन् । पुराना सहकर्मीसँगको भेटघाटले मन खुसी बनाउनेछ । करार र सम्झौताबाट लाभ मिल्ने समय छ ।
सिंह- बढ्दै गरेको पारिवारिक खर्चले थप मिहिनेत गर्न हौसला प्रदान गर्नेछ । घरमा सुखशान्ति र आनन्दकै वातावरण देखिन्छ । कुनै नयाँ विषयवस्तु वा प्राविधिक ज्ञानले आकर्षण गरेको समय छ ।
कन्या- समाज र छरछिमेकका काम गर्दा मानसम्मान पाइएला। आजको दिन तपाईंको आफ्नै हातमा छ, प्रयास गरेमा राम्रो उपलब्धि हासिल हुने तथा अल्छी गरेमा सुनौलो अवसर पनि गुम्नसक्ने समय हो । मान्यजन र वरिष्ठ व्यक्तित्वसँग निकटता बढ्नेछ । दीनदुःखीलाई सहयोग गर्दा मनमा आनन्दको आभास हुनेछ ।
तुला- शरीर भारी र मन अस्थिर रहने सङ्केत छ । सरकारी निकाय वा प्रशासनिक कुनै कामले चिन्ता बढाउन सक्छ । बाहिर निस्कँदा कागजपत्र बोकेर हिंड्नु होला, नत्र झमेला आउने समय छ । वैदेशिक प्रयोजनको कुनै व्यवसायिक यात्रामा निस्कन अनुकूल समय रहेको छ ।
बृश्चिक- कला, साहित्य र अभिनय क्षेत्रका विद्यार्थीले बाह्य विषयवस्तुमा भन्दा निर्धारित पाठ्यक्रममा ध्यानकेन्द्रित गर्नुपर्ने समय आएको छ । महत्त्वपूर्ण निणर्य लिनुअघि निकै सोचविचार गर्नुहोला, किनकि आजको निणर्यले भाग्यको ढोका उघ्रिनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइने छ ।
धनु- प्रकृतिमा समय बिताउँदा छटपटी र निराशा हट्नेछ । कार्यालयमा सहयोगी साथीहरू र घरमा परिवारका सदस्यहरूले तपाईंका कुरा नबुझिदिंदा दिक्क लाग्न सक्छ, तर आज रिस र आवेगमा नियन्त्रण गरेको असल हुन्छ । स्वास्थ्यगत कमजोरीले रोमान्टिक जीवन प्रभावित बन्नसक्छ ।
मकर- नयाँ योजना सुरु गर्ने, राम्रो अवसर मिल्ने तथा नयाँ ज्ञान सिक्ने मौका छ । धैर्य एवं लगनशीलता भएमा ताकेको काममा सफलता मिल्नेछ । दिगो लगानीबाट फाइदा हुनेछ । टाढा रहेका छोराछोरीमार्फत राम्रो समाचार आउने तथा सुखरसन्तोष मिल्ने राम्रो दिन छ ।
कुम्भ- कार्य सम्पादनमा सहजता मिल्नेछ । घरबाट शुभ समाचार आउनसक्छ । थोरै समय घरपरिवारका लागि निकाल्नु उत्तम हुन्छ । । आशा देखाउनेहरूले पनि सहयोग नगर्ने देखिन्छ ।
मीन- आज महिलाहरूका लागि विशेष उपलब्धि पाउने समय हो । परीक्षारअन्तर्वार्ता आदिमा सफलता हात पर्नेछ, काममा सहयोगीको साथ पाइने समय छ । साथीसंगीसित रमाइलो भेटघाट हुनेछ ।














मधेस प्रदेशमा माघ १८ गते सार्वजनिक बिदा
स्वास्थ्य बीमाको क्षेत्रमा सुधारका काम भइरहेका छन्ः स्वास्थ्यमन्त्री शर्मा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
प्रतिक्रिया