सोमबार, चैत १६, २०८२

एसिया कप खेलेर फर्कियो राष्ट्रिय क्रिकेट टिम

मेरोन्यूज २०८० भदौ २० गते १४:२३

काठमाडौं । एसिया कप क्रिकेट खेलेर नेपालको राष्ट्रिय टिम स्वदेश फर्किएको छ । श्रीलंका र पाकिस्तानमा जारी एसिया कप क्रिकेटमा नेपाल समूह चरणबाट घर फर्केको हो ।

Advertisement
nepal life insurencenepal life insurence

नेपाली टिमलाई स्वागत गर्न सशस्त्र प्रहरीको ब्याण्ड टोलीसमेत विमानस्थलमा लगिएको थियो । ब्याण्ड टोलीले मंगलधुन बजाएर टिमको स्वागत गरेको थियो ।

नेपाल क्रिकेट संघका पदाधिकारी तथा क्रिकेट समर्थकले टिमलाई स्वागत गरेका हुन् ।

समूह चरणमा भारत र पाकिस्तानविरुद्ध निडर र साहसिक प्रदर्शन गरेको भन्दै क्रिकेट समर्थकहरु टोलीलाई स्वागत गर्न विमानस्थल पुगेका थिए ।

प्रतिक्रिया