कान्ति अस्पतालले इमर्जेन्सीमा बालिकाको मृत्युबारे छानबिन गर्न बनायो समिति

काठमाडौँ । कान्ति बाल अस्पतालले अस्पतालको इमर्जेन्सी कक्षमा उपचार नपाएर बालिकाको मृत्यु भएकोबारे छानबिन गर्न समिति गठन गरेको छ ।
अस्पतालका निर्देशक डा. पंकज रायले प्रकाश जोशीको संयोजकत्वमा बुधबार तीन सदस्यीय छानबिन समिति बनाएका हुन् । घटनाबारे सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेस गर्न पाँच दिन समय दिइएको समितिमा अस्पतालका शाखा अधिकृत डमरु दाहाल सदस्य सचिव र नर्सिङ अधिकृत अजिता सिलवाल सदस्य रहेको डा. रायले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौंको बाफल बस्ने मकवानपुर थाहा नगरपालिका– १० की पाँच वर्षीया रेजिशा गोपालीको सोमबार साँझ ७ बजेर १० मिनेट जाँदा मृत्यु भएको थियो । रेजिशालाई उच्च ज्वरो आएपछि आमा रिता गोपाली र हजुरबा कृष्णबहादुर गोपालीले सोमबार साँझ ५ः०० बजे कान्तिको इमर्जेन्सी कक्षमा पुर्याए पनि ७ बजेसम्म उपचारको पालो नआएपछि उनको मृत्यु भएको थियो ।
यो विषयबारे मिडियामा समाचार आएपछि अस्पतालले छानबिन गर्न समिति बनाएको हो ।

















फोहरबाट मोहरः व्यासले कमायो १७ लाख
‘पिएसपिपी’बाट देशको आर्थिक उन्नयनमा योगदान पुग्छ:चन्द्रप्रसाद ढकाल
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा प्रदर्शन
मदिरा पिएर सडकमा निस्किएका ९ चालक कारबाहीमा
इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
प्रतिक्रिया