आइतबार, मंसिर ७, २०८२

कान्ति अस्पतालले इमर्जेन्सीमा बालिकाको मृत्युबारे छानबिन गर्न बनायो समिति

मेरोन्यूज २०८० भदौ २० गते २०:०१

काठमाडौँ । कान्ति बाल अस्पतालले अस्पतालको इमर्जेन्सी कक्षमा उपचार नपाएर बालिकाको मृत्यु भएकोबारे छानबिन गर्न समिति गठन गरेको छ ।

अस्पतालका निर्देशक डा. पंकज रायले प्रकाश जोशीको संयोजकत्वमा बुधबार तीन सदस्यीय छानबिन समिति बनाएका हुन् । घटनाबारे सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेस गर्न पाँच दिन समय दिइएको समितिमा अस्पतालका शाखा अधिकृत डमरु दाहाल सदस्य सचिव र नर्सिङ अधिकृत अजिता सिलवाल सदस्य रहेको डा. रायले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौंको बाफल बस्ने मकवानपुर थाहा नगरपालिका– १० की पाँच वर्षीया रेजिशा गोपालीको सोमबार साँझ ७ बजेर १० मिनेट जाँदा मृत्यु भएको थियो । रेजिशालाई उच्च ज्वरो आएपछि आमा रिता गोपाली र हजुरबा कृष्णबहादुर गोपालीले सोमबार साँझ ५ः०० बजे कान्तिको इमर्जेन्सी कक्षमा पुर्‍याए पनि ७ बजेसम्म उपचारको पालो नआएपछि उनको मृत्यु भएको थियो ।

यो विषयबारे मिडियामा समाचार आएपछि अस्पतालले छानबिन गर्न समिति बनाएको हो ।

प्रतिक्रिया