नक्कली सर्टिफिकेट प्रकरणमा पक्राउ परेका चार डाक्टर धरौटीमा रिहा
मेरोन्यूज
२०८० भदौ २० गते २१:०४

काठमाडौँ । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा एमबिबिएस (ब्याचलर अफ मेडिसिन एन्ड ब्याचलर अफ सर्जरी) अध्ययन गरेको अभियोगमा पक्राउ परेका चार डाक्टर धरौटीमा रिहा भएका छन्।
काठमाडौं जिल्ला अदालतले मंगलबार उनीहरूलाई जनही ६०–६० हजार रुपैयाँ धरौटी लिएर छोड्न आदेश दिएको हो । डाक्टर पुनम थापा, श्रद्धा शिल्पकार, रन्जित यादव र एरिना साह धरौटीमा रिहा भएका हुन् ।
उनीहरूलाई २५ साउनमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको थियो। नक्कली डक्टरका तर्फबाट बहस गरेका अधिवक्ता अरुण पौडेलले पक्राउ परेका चारैजना धरौटीमा रिहा भएको जानकारी दिए।
सिआइबीले उनीहरूसँगै कांग्रेस सांसद सुनील शर्मासहित आठ डाक्टरलाई पनि पक्राउ गरेको थियो। जसमध्ये शर्मालाई अदालतले पक्राउ परेको पर्सिपल्ट नै हिरासतबाट मुक्त गर्न आदेश दिएको थियो।
सम्बन्धित
















सबैलाई साथमा लिएर महाधिवेशन सफल बनाइने:सभापति थापा
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइयो
ज्योति विकास बैंकद्वारा देशव्यापी १७ सय वृक्षारोपण
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
प्रतिक्रिया