नक्कली सर्टिफिकेट प्रकरणमा पक्राउ परेका चार डाक्टर धरौटीमा रिहा
मेरोन्यूज
२०८० भदौ २० गते २१:०४

काठमाडौँ । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा एमबिबिएस (ब्याचलर अफ मेडिसिन एन्ड ब्याचलर अफ सर्जरी) अध्ययन गरेको अभियोगमा पक्राउ परेका चार डाक्टर धरौटीमा रिहा भएका छन्।
काठमाडौं जिल्ला अदालतले मंगलबार उनीहरूलाई जनही ६०–६० हजार रुपैयाँ धरौटी लिएर छोड्न आदेश दिएको हो । डाक्टर पुनम थापा, श्रद्धा शिल्पकार, रन्जित यादव र एरिना साह धरौटीमा रिहा भएका हुन् ।
उनीहरूलाई २५ साउनमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको थियो। नक्कली डक्टरका तर्फबाट बहस गरेका अधिवक्ता अरुण पौडेलले पक्राउ परेका चारैजना धरौटीमा रिहा भएको जानकारी दिए।
सिआइबीले उनीहरूसँगै कांग्रेस सांसद सुनील शर्मासहित आठ डाक्टरलाई पनि पक्राउ गरेको थियो। जसमध्ये शर्मालाई अदालतले पक्राउ परेको पर्सिपल्ट नै हिरासतबाट मुक्त गर्न आदेश दिएको थियो।
सम्बन्धित









बाबुराम र जनार्दनको एकतापछि आज प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा हुँदै
झापामा ट्याक्टरसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
नेत्रहीन महिला विश्वकप क्रिकेट : फाइनलमा आज नेपाल र भारत भिड्दै
तनहुँमा ८ हजार ३६६ मतदाता थपिए
आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
फेरि सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
प्रतिक्रिया