बिहीबार, वैशाख १०, २०८३

शाहरूखको ‘जवान’ ले पहिलो दिनमै कमायो ७५ करोड

मेरोन्यूज २०८० भदौ २२ गते १४:०८

काठमाडौं । शाहरुख खानको फिल्म जवान ले बम्पर ओपनिङ गरेको छ। फिल्मले पहिलो दिनमै ७५ करोड कमाइ गरेको हो ।

Advertisement
NiccNicc

योसँगै शाहरुखको यो फिल्म अहिलेसम्मकै सबैभन्दा ठूलो ओपनिङ गर्ने हिन्दी फिल्म बनेको छ ।

यसअघि हिन्दी सिनेमाको इतिहासमा एकै दिनमा सबैभन्दा धेरै कमाइ गर्ने फिल्म पठान बनेको थियो । जवानले पठानको रेर्कड तोडेर पहिलो दिन ७५ करोड कमाएको छ।

एटली कुमारले निर्देशन गरेको फिल्म जवान बिहीबारदेखि प्रदर्शनमा आएको थियो। फिल्ममा शाहरूखसँगै नयनतारा, विजय सेतुपथी, दीपिका पादुकोणलगायत कलाकारको अभिनय छ।

प्रतिक्रिया