जैन दिपिका ग्यारेटलाई एसियन पेन्ट मिस युनिभर्सको उपाधी

काठमाडौँ । जैन दिपिका ग्यारेटलाई एसियन पेन्ट मिस युनिभर्सको उपाधी जितेकी छन् ।
उमंग क्रियसनले आयोजना गरेको चौथो सिजनको मिस युनिभर्स नेपाल २०२३ को उपाधि जैन दिपिका ग्यारेटले हात पारेकी हुन् ।
गोदावरीको कन्फेन्स सेन्टरमा आयोजित एक समारोहका बिच मिस युनिभर्स २०२३ को फिनालेमा २१ जना प्रतिस्पर्धीलाई पछि पार्दै जैन दिपिका ग्यारेट विजयी भएकी हुन् ।
त्यस्तै, फष्ट रनरअप गरिमा घिमिरे, सेकेन्ड रनरअप, बुद्धिसारा सुनारा, तेस्रो रनरअप सितास्मा पोख्रेल र चौथो रनरअप अभिलासा लम्साल हुनु भएको हो ।
विजयी प्रतिस्पर्धिलाई २०२२ का मिस युनिभर्स नेपालको विजयी प्रतिस्पर्धा सोफिया भुजेलले ताज पहिरा्एकी हुन् । प्रतियोगितामा प्रशान्त ताम्राकारको कोरियोग्राफि रहेको थियो ।
एसियन पेन्स मिस युनिभर्स नेपाल २०२३ को जजका रूपमा रविराज कर्णिकार, उपल मजुमदार, उपासना घिमिरे, संगिता पहाडी, आयुशा कार्की श्रेष्ठ, सुरक्षा पन्त, नन्दीनि एल थापा, सौरभ ज्योति रहेकी थिइन् ।
प्रतिस्पर्धीहरूलाई विभिन्न १२ विधामा पुरस्कृत गरिएको थियो । विजयी प्रतिस्पर्धीले एल साल्भा डोरमा हुने मिस युनिभर्स नेपालको अन्तराष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
प्रतियोगितामा टप टेन, टप फाइभ प्रतिस्पर्धीहरू छनोट गर्दै विजेता छनोट गरेको हो । जसमा विभिन्न विधागत हिसावमा प्रतिस्पर्धीलाई पुरस्कार एवं विषयगत टाइटलमा अवार्ड प्रदान गरेको थियो ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
३३ अंकले घट्यो सेयर बजार
प्रतिक्रिया