पोखरामा ट्रोपिकाना स्लासमा अखाद्य वस्तु फेला

पोखरा । कास्कीको पोखरास्थित वडा नम्बर ८ को पुरानो घर आँगन रेष्टुरेण्ट एण्ड कटेज झिर हाउसमा ट्रोपिकाना स्लासमा अखाद्य वस्तु फेला परेको छ ।
आईतवार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराले निरीक्षण एवं अनुगमनका क्रममा अखाद्य वस्तु फेला परेको जनाएको हो ।
खाद्य अनुसन्धान अधिकृत दीपक कुँवरले स्लासमा अखाद्य पदार्थ फेला परेको गुनासो पछि निरीक्षण गर्दा आँखाले देखिने रुपमा नै वाह्य पदार्थ देखिएको र त्यही अनुसार मुचुल्का तयार गरेको बताए । उनले सरकारले अनिवार्य न्युनतम मापदण्ड तोकेको र त्यो मापदण्डअनुसार स्लास न्युन गुणस्तरको रहेको बताए ।
त्यस्तै निमित्त कार्यालय प्रमुख शिवजी बरालले निरीक्षण गरी रिपार्टे पठाएको र खाद्य अनुसार आकर्षण भए कारबाही हुने बताए । निरीक्षणका कारण गुनासोहरु बढीरहेको बताए । बिक्रेतासँग बयान लिएर र निरीक्षण गरी कारबाही हुने बताउनु भयो । त्यस्तै होटल मालिक प्रमोद मरासिनीले पानीले पखाल्ने क्रममा भेटिएको बताए । उनले किनेर ल्याएको ठाउँले ठूलो विषय नबनाउन आग्रह गरेको बताए ।
विज्ञहरुले कतिपय अवस्थामा पूरा नखोलिकन अखाद्य पदार्थ नदेखिने हुँदा सबै नागरिकले जुसहरु खाँदा खोलेर अर्को भाँडामा हाले पिउन सुझाव दिएका छन् ।


















यस्तो छ आज तरकारीको थोक मूल्य
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
काठमाडौँ प्रहरीको सक्रियता, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
पहाड र हिमालमा बादल, तराईको मौसम सफा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
अस्ट्रेलियाली सेनामा पहिलो महिला प्रमुख
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
प्रतिक्रिया