यसरी मिल्ने भयो माओवादी विद्यार्थी संगठनको आन्तरिक विवाद
केन्द्रीय पदाधिकारी झण्डै २०० जनाको बनाउने, पवन कार्की उपाध्यक्षमा फर्किने

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)को आन्तरिक विवाद समाधान हुने भएको छ ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितीमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलले विवाद टुग्याउन केही विधि बनाएपछि विवाद समाधानको दिशामा गएको हो ।
अखिल क्रान्तिकारीमा २२ औं राष्ट्रिय सम्मेलनपछि समानान्तर समिति बनेको थियो । अध्यक्ष पञ्चा सिंहको कमिटी विरुद्ध अर्का नेता पवन कार्कीले समानान्तर संगठन बनाएपछि विवाद उत्कर्षमा थियो । तर सोमबार प्रचण्डको विशेष उपस्थितीमा उपाध्यक्ष तथा जनवर्गीय संगठन इन्चार्ज पम्फा भुसाल, उपमहासचिव वर्षमान पुन, विधार्थी फ्याक्सन इन्चार्ज हिमाल शर्मा लगायत दुवै पक्षका विद्यार्थी नेताहरुको छलफलले विवाद समाधान गर्ने गरि सहमति निकालेको हो ।

छलफलले पुरानो कमिटि भंग गरि नयाँ सम्मेलन आयोजक समिति बनाउने सैद्धान्तिक सहमति गरेको छ । छलफल पछि फ्याक्सन इन्चार्ज हिमाल शर्माले भने, ‘सबैको सकरात्मक प्रयासले आजवाट अखिल (क्रान्तिकारी) एकताबद्द भएको छ । संगठनको समग्र पंक्तीलाई बधाई छ ।’
विवाद समाधानका लागि केही विधि तय गरिएको अखिल (क्रान्तिकारी) का उपाध्यक्ष केशव रावलले जनाएका छन् । उनका अनुसार, २२ औं राष्ट्रिय सम्मेलनका आयोजक समिति सदस्यहरु सवै केन्द्रीय सचिव हुने, तत्कालीन २१ औं राष्ट्रिय सम्मेलन पस्चातका प्रदेश सह-संयोजकहरु (हालका केन्द्रीय सचिव, केन्द्रीय आयोगका प्रमुख र उपप्रमुख, प्रदेश अध्यक्षहरु) उपमहासचिव हुने, संगठनको केन्द्रीय पदाधिकारी झण्डै २०० जना हुने र आयोजक समितिमा रहने सवै आउँदो राष्ट्रिय सम्मेलनमा आ-आफ्नो कार्यक्षेत्र वा जिल्लावाट प्रतिनिधि चुनिएर आउनु पर्ने लगायतका विधि बनाएर संगठन भित्रको विवाद टुग्गो लगाउन सैद्दान्तिक सहमति बनाइएको हो ।

हाल पञ्चा सिंहले नेतृत्व गरिरहेको क्रान्तिकारीमा ४९ सदस्यीय पदाधिकारी छन् । त्यसमा पवन कार्कीले नेतृत्व गरिरहेको टिमको समेत थपेर ९९ सदस्यीय बनाउने र यसरी सम्मेलन आयोजक समितिको पदाधिकारी बनाउँदा यस अघि रञ्जित तामाङ अध्यक्ष हुँदा बहाल रहेको आयोजक समितिलाई आधार मान्ने सैद्धान्तिक सहमति आजको छलफलमा भएको विद्यार्थी नेताहरुले बताएका छन् ।
तामाङ नेतृत्वमा रहेको आयोजक समितिमा रहेका कतिपय नेताहरुले अहिले विद्यार्थी संगठन छोडेर पार्टी काममा रहेकोले विद्यार्थीमै रहेकाहरुलाई समेट्ने क्रान्तिकारीको तयारी छ ।
रावलका अनुसार, संगठात्मक अराजकता र चरम व्यक्तिबादी महत्वकांक्षालाई आजको छलफलप्रश्चात माफी दिने, कसैको पछाडी लागेका कारण दुई चार जनालाई पदाधिकारी वनाउनुपर्छ भन्ने अराजक ढिपिलाई खारेज गर्दै कसैलाई अन्याय नहुने गरि विधिको प्रयोग गर्ने समझदारी बनेको छ ।
‘पवन कार्कीलाई गरेको कार्बाही फुकुवा गर्ने र पवन कार्की उपाध्यक्षमा फर्कने, २२ औं राष्ट्रिय सम्मेलनका आयोजक समिति सदस्यहरु सवै केन्द्रीय सचिव हुने, तत्कालीन २१ औं राष्ट्रिय सम्मेलन पस्चातका प्रदेश सह-संयोजकहरु (हालका केन्द्रीय सचिव, केन्द्रीय आयोगका प्रमुख र उपप्रमुख, प्रदेश अध्यक्षहरु) उपमहासचिव हुने, संगठनको केन्द्रीय पदाधिकारी झण्डै २०० जना हुने गरी विवाद मिलाउने प्रयास भएको छ,’ रावलले भने ।

















यूएईमा नेपाली श्रमिकका स्वास्थ्य अवस्थाबारे अन्तरक्रिया
निर्वाचन गणतन्त्रको संस्थागत सुदृढीकरणको परीक्षा हो : पूर्व प्रमुख निर्वाचन आयुक्त श्रेष्ठ
सुडानमा हिंसा तीव्र, मानवीय सङ्कट जटिल बन्दै
भानुआटुमा ६ दशमलव ४ तीव्रताको भूकम्प
इरानमाथि दबाब बढाउँदै अमेरिका : सैन्य उपस्थिति बढायाे
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
प्रतिक्रिया