कोशीमा प्रदेशको नामै नराखेको ब्यानरमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीको सहभागिता

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रदेशको नाम नै उल्लेख नगरी राखिएको ब्यानर भएको कार्यक्रममा सहभागी भएका छन् । समाजवादी मोर्चाले सोमबार कोशी प्रदेशको विराटनगरमा आयोजना गरेको सन्देश सभामा प्रधानमन्त्री दाहाल उपस्थित छन् । तर, कार्यक्रमको ब्यानरमा प्रदेशको नाम उल्लेख छैन ।
मोर्चाको प्रदेशस्तरीय सन्देश सभामा प्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द सहभागी छन् ।
कार्यक्रमको ब्यानरमा समाजवादी मोर्चा प्रदेश समिति मात्र उल्लेख छ । तत्कालीन प्रदेश नं १ प्रदेस सभाबाट फागुन १७ गते प्रदेशको नाम पारित गराउँदा प्रधानमन्त्री दाहाल अध्यक्ष रहेको पार्टी नेकपा (माओवादी केन्द्र)ले समेत पक्षमा मतदान गरेको थियो । तर, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) पहिचानको मागसहित विपक्षमा थिए ।
मोर्चामा रहेका जसपा, एकीकृत समाजवादी, माओवादीका नेताहरुले ब्यानरमा कोशी लेख्ने वा नलेख्ने विषयमा मतान्तर भएपछि प्रदेश समिति मात्र लेखिएको आयोजकले जनाएका छन् । मोर्चाका प्रचार सामग्रीमा पनि कोशी प्रदेश लेखिएको छैन ।

















यूएईमा नेपाली श्रमिकका स्वास्थ्य अवस्थाबारे अन्तरक्रिया
निर्वाचन गणतन्त्रको संस्थागत सुदृढीकरणको परीक्षा हो : पूर्व प्रमुख निर्वाचन आयुक्त श्रेष्ठ
सुडानमा हिंसा तीव्र, मानवीय सङ्कट जटिल बन्दै
भानुआटुमा ६ दशमलव ४ तीव्रताको भूकम्प
इरानमाथि दबाब बढाउँदै अमेरिका : सैन्य उपस्थिति बढायाे
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
प्रतिक्रिया