प्रदेशको नामाकरणलाई लिएर कोशीमा जातीय दंगा भड्काउन खोजिँदैछ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले कोशी प्रदेशको नामाकरणलाई लिएर जातिय दंगा भड्काउने प्रयास भइरहेको बताएका छन् ।
सोमबार बिराटनगरमा आयोजित समाजवादी मोर्चाको सन्देश सभामा प्रधानमन्त्री दाहालले प्रतिक्रियावादी, धार्मिक अतिवादी र गणतन्त्रविरुद्ध लाग्नेहरुले प्रदेश नामाकरणलाई मुठभेटमा बदल्न खोजेको बताए । उनले भने, ‘कन्फ्रन्टेसन होइन, वार्ता र संवादबाट जनताको भावनाको कदर हुने गरी समाधान खोजिनुपर्छ ।’
सहमतिबाटै प्रदेशको नामाकरण विवादको अन्त्य गरिनुपर्ने प्रधानमन्त्रीको भनाइ छ । सबै दल मिलेर वार्ता गरी नामाकरण विवाद टुंग्याउनुपर्ने उनको भनाइ थियो ।
दाहालले धमाधम भ्रष्टचारका फाइल खोल्न थालेपछि सरकारविरुद्ध विभिन्न खेल र षडयन्त्र सुरु भएको बताए। सरकारले नक्कली शरणार्थी, बालुवाटारको ललिता निवास र सुन तस्करी काण्डका फाइल खोलेर भ्रष्टचारविरुद्ध ठूलो योजनासहित काम गरिरहेको बताए।
‘म सरकारमा जति दिन टिके पनि भ्रष्टचारविरुद्ध काम गरिरहन्छु’, दाहालले भने ।

















यूएईमा नेपाली श्रमिकका स्वास्थ्य अवस्थाबारे अन्तरक्रिया
निर्वाचन गणतन्त्रको संस्थागत सुदृढीकरणको परीक्षा हो : पूर्व प्रमुख निर्वाचन आयुक्त श्रेष्ठ
सुडानमा हिंसा तीव्र, मानवीय सङ्कट जटिल बन्दै
भानुआटुमा ६ दशमलव ४ तीव्रताको भूकम्प
इरानमाथि दबाब बढाउँदै अमेरिका : सैन्य उपस्थिति बढायाे
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
प्रतिक्रिया